काठमाडौं– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा कांग्रेस नेता रमेश लेखक निर्वाचित भएका छन्।
उनी नेकपा एमालेका उम्मेदवारसँग १२ हजार ८५ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन्।
उनले ३० हजार ५२३ मत प्राप्त गरेकी निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत प्राप्त गरेकी छन्।
यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले २ हजार २० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले १ हजार ४३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।