काठमाडौं– एकीकृत समाजवादी पार्टीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले जित हात पारेका छन्।
बारा क्षेत्र–४मा उनले २० हजार २ सय ९७ मत ल्याउदै जित हात पारेका हुन्।
उनले एमालेका एकवाल मियाँलाई पराजित गरे। मियाँले १३ हजार ८ सय ६३ मत ल्याए। विसं २०७४ सालको निर्वाचनमा श्रेष्ठले तनहुँबाट रामचन्द्र पौडेललाई पराजित गर्दै सांसद भएका थिए।
सत्ता गठबन्धनको भागबन्डा गर्दा उनले तनहुँमा नपाउने भएपछि बारामा झरेका थिए।
उनले आफ्नो क्षेत्र परिर्वतन गरे पनि जित हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।