काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवारभन्दा झण्डै दोब्बर मतान्तरले ओली निर्वाचित भएका हुन्।
निर्वाचित ओलीले ५२ हजार ३ सय १५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले दोब्बरभन्दा कम २३ हजार ७४१ मत पाएका छन्।
ओली र अधिकारीको मतान्तर २८ हजार ५६४ रहेको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश पोखरेलले ११ हजार सात सय ४९ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।