काठमाडौं- धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बढाएका छन्।
पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तरले अग्रता कायम गरेका हुन्।
पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त ७ हजार ५६८ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।