काठमाडौं– झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।
नेकपा एमालेका अग्निप्रसाद खरेललाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन्।
शर्मा ३९ हजार ६२४ मत ल्याएर निर्वाचित भएका हुन्। उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका खरेलले भने २५ हजार ३४९ मत प्राप्त गरेका छन्।
खरेलभन्दा शर्माले १४ हजार २७५ बढी मतान्तरले जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।