काठमाडौं– प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जित निकालेका छन्।
उनले एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारलाई पराजित गरेका छन्।
खतिवडा र सुनार पुरानै प्रतिद्वन्द्वि हुन्। ०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा सुनारले खतिवडालाई करिब ५ हजार मतले पराजय गरेका थिए।
सुनारले ३२ हजार ५८० मत ल्याउँदा खतिवडाले २७ हजार ३२७ मत मात्र ल्याएका थिए।
यो निर्वाचनमा खतिवडाले सुनारसँगको पराजय उल्ट्याएका छन्। खतिवडाले ३३ हजार ५ सय ५६ मत ल्याउँदा सुनारले
२६ हजार ७३८ मत मात्र ल्याए। अघिल्लो राजनीतिक समीकरण फेरिएकोले पनि खतिवडालाई जित निकाल्न केहि सहज भएको देखिन्छ।
५२ वर्षीय खतिवडा ०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालिन ओखलढुंगा क्षेत्र नंबर २ बाट निर्वाचित भएका थिए।
संविधान जारी भएपछि एक मात्र निर्वाचन क्षेत्र बनेपछि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनको भेट भएको थियो सुनारसँग जसमा उनले पराजय ब्यहोरेका थिए।
संविधान निर्माणमा राम्रो उपस्थिति जनाएका खतिवडा पार्टी राजनीतिमा राम्रै दखल राख्ने नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।