काठमाडौं– चालू आर्थिक वर्षको ४ महिनासम्म आउँदा आयात तथा निर्यात दुवै घटेको छ। चालू आवको ४ महिनासम्म आयात १८.०८ प्रतिशतले घटेको छ। यसैगरी, यस अवधिसम्म आउँदा निर्यात ३३.३० प्रतिशत घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ।
चालू आर्थिक वर्षको ४ महिना (कात्तिक मसान्त)सम्म पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपैयाँ बराबरको वस्तू आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख १३ हजार रुपैयाँ बराबरको आयात भएको थियो।
यसैगरी, चालू आर्थिक वर्षको ४ महिनासम्म आउँदा ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपैयाँ बराबरको वस्तू निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८२ अर्ब १२ करोड ४२ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।