• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सीके-उपेन्द्र

सीके राउतको उदय : यी हुन् तीन चुनौती

64x64
नवीन झा बुधबार, मंसिर ७, २०७९  १७:२०
1140x725

काठमाडौं- सप्तरी- २ मा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध सुरुवातदेखि नै फराकिलो मतान्तरसहित अग्रता लिएदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतको चर्चा चुलिएको थियो। अन्तिम मत परिणाममा उनै राउतले जित निकाले पनि।

यादवलाई पराजित गरेपछि राउतको अगामी राजनीतिक यात्रा र उनको संगठनका बारेमा चासो सुरु भएको छ। उनीबारे बढी सोधखोज हुनुको अर्को कारण उनको विगत पनि हो। ११ बर्ष अगाडि अमेरिकाबाट नेपाल फर्किएपछि उनले 'स्वतन्त्र मधेस' अभियान सुरु गरेका थिए। तर त्यसलाई परित्याग गर्दै २०७५ को फागुनमा उनी मूलधारको राजनीतिमा फर्किएका थिए।

मूलधारको राजनीतिमा आएपछि उनले गठन गरेको दल हो, जनमत पार्टी। उनको दलले २०७६ मा भएको उपनिर्वाचन र २०७९ को स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो । उनी आफैं भने पहिलो पटक संसदीय निर्वाचनमा यसैपटक भिडे र जित निकाले।

अहिले संख्यात्मक रुपमा राउतको उपस्थिति कस्तो होला भन्दा पनि उनको व्यक्तित्व र अन्य मधेसी नेताहरुको पराजयलाई बढी केन्द्रमा राखेर चर्चा भइरहेको देखिन्छ। समानुपातिकतर्फ राउतले प्रदेश र केन्द्रका अन्य मधेसी पार्टीभन्दा बढी मत ल्याउने देखिए पनि प्रत्यक्षतर्फ त्यो सम्भावना देखिएको छैन। जनमत पार्टीले  मधेस प्रदेश सभामा पनि केही सिट जितिसकेको छ, थप केही सिट जित्ने सम्भावना छ।

मधेसका अन्य पार्टीहरुप्रति रहेको वितृष्णाका कारण जनमत पार्टीलाई मधेसको वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्न थालिएको छ। तर राउतलाई आफ्नो पार्टीको संगठन बनाउनेदेखि अन्य मधेस केन्दित दलहरुले उनीप्रति लिने धारणा र प्रमुख दलहरुसँगको उनको सम्बन्ध कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ। जानकारहरु भविष्यमा उनका तीन चुनौती रहेको देख्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नै संगठन
सीके राउतले जनमत पार्टी गठन गर्दैगर्दा उनलाई स्वतन्त्र मधेसको अभियानमा साथ देखिएका केही प्रमुख नेताहरुले साथ छाडे। उनीहरुले राउतमाथि काखापाखा गरेको आरोप लगाउँदै संघर्षको समयमा साथ दिनेहरुभन्दा आफ्ना आसेपासेलाई संगठनमा प्राथमिकतामा राखेको आरोप लगाए। उनको नेतृत्वमा रहेको स्वतन्त्र मधेस अभियानका दोस्रो वरियताका नेता कैलाश महतोसहित केही नेताहरुले पार्टी परित्याग गरे।

यद्यपि राउतले उनीमाथि संगठनभन्दा पनि अन्य काममा बढी केन्द्रित भएको आरोप लगाएका थिए। तर निर्वाचनबाट पार्टी शक्तिशाली बन्दै गर्दा पार्टीमा आकर्षण थपिने लगभग निश्चित छ। यस्तोमा राउतले पार्टीको संगठन बिस्तारदेखि जिम्मेवारी बाँडफाँट र पार्टीले पाउने अवसरहरुको सदुपयोग कसरी गर्छन्, त्यो महत्त्वपूर्ण छ। त्यही भएर सिंहदरबार/बीआईसीसी भवन पस्दै गर्दा राउतका सामु पहिलो चुनौती आफ्नो पार्टी व्यवस्थापन गर्नु हुनेछ।

मधेस केन्द्रित अन्य नेताहरु 
राउतले मधेसका एक जना स्थापित र बलिया नेता उपेन्द्र यादवलाई निर्वाचनमा पराजित गरेर राजनीतिमा स्थापित हुन लागेका छन्। यो निर्वाचनमा राउतले यादवलाई पराजित गर्दैगर्दा जसपा र लोसपा मधेसमा अत्यन्तै कमजोर देखिएका छन्। ती पार्टीहरुका शीर्ष नेताहरु मतगणनामा पछि देखिएका छन्। यस्तोमा राउतलाई मधेस केन्द्रित दलहरु र नेताहरु चुनौती बन्न सक्ने अवस्था छ। राउतको विगत हेर्दा यादवसँग कटुतापूर्ण सम्बन्ध देखिन्छ भन्ने महन्थ ठाकुरबाहेक अन्यसँग पनि राम्रो सम्बन्ध छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राउतको सम्बन्ध ठाकुरसँग राम्रो रहेको चर्चा मधेस वृत्तमा बेलाबेलामा हुने गरेको छ। यद्यपि राउत शक्तिमा आएपछि ठाकुरसहित आफैंले पराजित गरेका नेता यादव र उनको सगठनसँग कसरी मधेसमा प्रतिस्पर्धा वा मित्रवत् व्यवहार गर्छन् भन्ने रोचक प्रतीक्षा छ। किनकि, राउतले जनमत पार्टी बनाएदेखि मधेसमा जसपालाई निशानामा राखेर गतिविधि गरेको देखिन्छ।

प्रमुख दलहरु
मधेसको राजनीतिक वृत्तमा एउटा सदावहार मनोविज्ञान छ, प्रमुख दलहरुले मधेसी नेताहरुलाई सत्तामा फसाएर कमजोर र बदनाम बनाउने खेल खेल्छन् भन्ने। मधेसी नेताहरु भने सत्ताको लोभ र प्रमुख दलका नेताहरुको खेलमा फस्ने गरेको मनोविज्ञान देखिन्छ। र यो निर्वाचनपछि राउतको हकमा यो लागू हुन्छ वा हुँदैन, हेर्न बाँकी छ।

राउतले संसद्‌मा जाँदै गर्दा प्रमुख दलहरुको सत्ता समीकरणको प्रस्तावमा आफूलाई कसरी प्रस्तुत गर्छन्, हेर्न बाँकी छ। उपेन्द्र यादवदेखि महन्थ ठाकुरप्रति मधेसमा लाग्ने गरेको मुख्य आरोप नै यिनीहरु प्रमुख दलहरुको सत्ताको गोटी देखिए भन्ने हो। मधेसी नेताहरुले पटकपटक मन्त्री बन्नकै लागि पार्टी फुटाएका नजिर पनि छन्। त्यो मामिलामा संयमतापूर्वक अगाडि बढ्नु राउतको चुनौती हो। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नु उचित हुने उनको भनाई थियो । शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सपथ भने दशैं लगत्तै हुने बताइएको छ । शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्