काठमाडौं– पर्सा क्षेत्र नम्बर १ र २ मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभातर्फ पर्सा क्षेत्र नम्बर १ बाट जसपाका प्रदीप यादव निर्वाचित भएका छन्।
यादव ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। यादवले २२ हजार ५३७ मत ल्याएर दोस्रो पटक लागातार निर्वाचित भएका हुन्। उनले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई पराजित गरेका छन्। द्विवेदीले २० हजार ९१७ मत ल्याएका छन्।
द्विवेदीले काग्रेसवाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय चौरसिया निर्वाचित भएका छन्। चौरसियाले जसपाका सुरेन्द्र कुर्मीलाई पराजित गरेका छन्। चौरसियाले जसपाका नेता कुर्मीलाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले मतपरिणाम औपचारिक रुपमा अहिले सार्वजनिक गरेको छैन।
पर्साको क्षेत्र नम्बर ४ बाट यसअघि नै कांग्रेसका रमेश रिजाल निर्वाचित भइसकेका छन्। पर्सा क्षेत्र नम्बर ३ मा कांग्रेसका सुरेन्द्र चौधरीले अग्रता लिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।