काठमाडौं– बाग्लुङ क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
चुनावी सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पौडेलले २४ हजार ७७९ मत प्राप्त गर्दै जित हात पारे। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदबार मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरिन्।
२०७४ सालको निर्वाचनमा पनि उक्त क्षेत्रबाट पौडेल निर्वाचित भएका थिए।
पराजित भएकी मञ्जु भने उम्मेदवारी दर्ताको केही दिन अगाडि मात्रै कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।