काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। यादवलाई झण्डै १७ हजारको मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्।
विजयी भएका राउतले ३४ हजार ४२ मत ल्याए। उनका प्रतिस्पर्धी यादवले १७ हजार ६३ मत ल्याएका छन्। दुवै बीच १७ हजार ९७९ मतको अन्तर रह्यो।
सप्तरी २ मा सत्ता गठबन्धनको समेत समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४४ मतमा सीमित रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।