पोखरा– कास्की क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन्।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै गुरु प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी भएका गुरुङले १४ हजार ४७३ मत प्राप्त गरे।
नेकपा माओवादी केन्द्रका दूर्गादत्त भण्डारी ९ हजार ६६२ मतमा सीमित रहे।
तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केदार नाथ पौडेलले ३ हजार ६९७ मत प्राप्त गरे। यस्तै, हाम्रो नेपाली पार्टीका खिम प्रसाद तिमिल्सिनाले २ हजार ५१५ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।