महेन्द्रनगर– प्रदेश सभा निर्वाचनअन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा माओवादी केन्द्रका ओम विक्रम भाट निर्वाचित भएका छन्। नेकपा एमालेका बचन बहादुर सिंहलाई पराजित गर्दै माओवादीका भाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
विजयी भएका भाटले १० हजार ९२५ मत पाए भने एमालेका सिंहले १० हजार ४५० मत पाए। यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा भने गरिसकेको छैन।
५४ हजार ६८८ मतदाता रहेको कञ्चनपुर क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा ३३ हजार ८९० मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।