काठमाडौं– जुम्ला प्रदेश सभा (क) मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका देवेन्द्रबहादुर शाहीले अग्रता कायमै राखेका छन्।
२२ हजार ३३२ मतगणना हुँदा शाही ८ हजार ४२५ मतसहित अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले ७ हजार १८० मत प्राप्त गरेका छन्।
ललितजंग शाहीभन्दा देवेन्द्र शाहीले १२४५ मतान्तरले अघि छन्। अब जुम्ला प्रदेश सभातर्फ क्षेत्र नम्बर (क) मा २३३१ मत गणना हुन बाँकी छन्।
यस्तै तेस्रो नम्बरमा रहेका नेकपा एमालेका धिरेन्द्रराज गिरिले ५ हजार ५३ मत प्राप्त गरेका छन् भने नेमकिपाका राजेश्वर देवकोटाले ६०८ मत प्राप्त गरेका छन्। गणना भएका मतमध्ये हालसम्म ९६४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधि सभा तर्फ भने भारी मतका साथ राप्रापका ज्ञानेन्द्र शाही अग्रस्थानमा छन्। सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कुँवर शाहीभन्दा दोब्बर मतले पछाडि छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।