काठमाडौं– सुनसरी क्षेत्र नं ४ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका ज्ञानेन्द्रबहादुर कार्की ९२४ मतले पछाडि परेका छन्।
सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ६ हजार ६६७ मत ल्याउँदै दोस्रो स्थानमा छन्।
नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत भने ७ हजार ५९१ मत ल्याउँदै अग्रस्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।