काठमाडौं- रुकुम पूर्वबाट माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगर विजयी भएका छन्। बुधबार सार्वजनिक मत परिणाममा उनले १२ हजार २६२ मतसहित जित हासिल गरेका हुन्।
यस्तो छ अन्तिम मत परिणाम-
पूर्णबहादुर घर्तीमगर/माओवादी केन्द्र- १२२६२
कैलाशकुमार मल्ल/एमाले- ५२११
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट माओवादी केन्द्रकै उम्मेदवार कमला रोका विजयी भएकी थिइन्।
५५ वर्षीय घर्तीमगर लुम्बिनी प्रदेश सभाका निवर्तमान सभामुख हुन्। उनी २०७४ को प्रदेश सभा निर्वाचनमा रुकुम पूर्व- १ (ख) बाट निर्वाचित भएका थिए। १७ वर्षको उमेरमै राजनीतिमा संलग्न उनी माओवादीद्वारा सञ्चालित जनयुद्धका क्रममा सांस्कृतिक क्षेत्रमा बढी सक्रिय भए।
उनले क्रान्तिका सन्देशयुक्त कैयौँ गीत रचना गरेका छन्। उनी २०५७ मा रुकुमको पहिलो ‘जनसरकार प्रमुख’ मा निवाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।