काठमाडौं– गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
केही बेरअघि सकिएको मतगणनामा एमालेका डिल्लीराज भुसालले नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठलाई पराजित गर्दै भुसाल प्रदेश सभामा निर्वाचित भएका हुन्।
निर्वाचित भुसालले १४ हजार ९३० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गरेका छन्।
भुसालले १ हजार ५० मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन्। यसअघि सार्वजनिक भएको प्रतिनिधि सभाको मतपरिणाममा पनि एमालेकै उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन्।
विष्ट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।