धनगढी– कैलाली–३ मा प्रतिनिधि तथा प्रदेश सभामा नागरिक उन्मु्क्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको अन्तिम मतपरिणामअनुसार प्रतिनिधि र प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका हुन।
कैलाली–३ को '१' मा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी निर्वाचित भएका छन्। सत्ता गठबन्धन दलका उम्मेदवार खेम चौधरीलाई पराजित गर्दै घनश्याम निर्वाचित भएका हुन्।
निर्वाचन अधिकृत कार्यालयले जानकारी गराएको अन्तिम मतपरिणामअनुसार घनश्यामले १३ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।
३३ हजार ९ सय २६मध्ये गठबन्धनका उम्मेदवार खेमले ११ हजार ५ सय ७२ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार राजबहादुर बुढाले ४ हजार ६ सय ३१ मत प्राप्त गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चुल्लु राम चौधरीले १ हजार ८ सय ५३ मत प्राप्त गरे।
प्रदेश २ मा उन्मुक्तिका खुशीराम चौधरी निर्वाचित भए। उनले ७ हजार ५ सय ३९ मत प्राप्त गर्दै प्रदेश सभामा निर्वाचित भए।
सत्ता गठबन्धन दलका उम्मेदवार अमर साउदले ६ हजार ६ सय १९ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार जयनारायण जोशीले ४ हजार २ सय ३६ मत प्राप्त गरे।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रेम चौधरीले २ हजार ५ सय २८ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार लक्ष्मण शाहीले ५ हजार १ सय ७७ र गोविन्दराज जोशीले ९ सय ९ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।