काठमाडौं– पछिल्लो ५ वर्षमा प्रदेश–१ ले ३ जना मुख्यमन्त्री पायो।
वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राई, पूर्वमुख्यमन्त्रीहरू भीम आचार्य र शेरधन राईसहित तीनै जना यो निर्वाचनमा संसदीय प्रतिस्पर्धामा छन्।
तत्कालीन एमालेमासँगै रहेका तीन जना यो निर्वाचनमा दुई फरक पार्टीमा छन्। शेरधन र भीम एमालेमा छन् भने राजेन्द्र एकीकृत समाजवादीमा।
यो निर्वाचनमा शेरधन र भीम प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन् भने राजेन्द्र प्रदेशमै दोहोरिनलाई प्रतिस्पर्धामा छन्।
शेरधन भोजपुरबाट प्रतिस्पर्धामा छन्। तर उनी माओवादीका सुदन किराँतीसँग पछि परेका छन् भने सुनसरी–२ बाट प्रतिस्पर्धा गरिरहेका भीम आचार्य स्वतन्त्र पार्टीका उम्मेदवार लालबिक्रम थापासँग पछि परेका छन्।
भोजपुरकै प्रदेश ‘२’बाट प्रतिस्पर्धा गरिरहेका राजेन्द्रले भने अग्रता कायमै राखेका छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
सुदन किराँती– ७५७२, माओवादी केन्द्र
शेरधन राई– ५८०५, एमाले
लाल बिक्रम थापा– ४०५९, रास्वपा
भीम आचार्य– ३१४७, एमाले
राजेन्द्र कुमार राई– ८९११, एकीकृत समाजवादी
हरिबहादुर राई– ६१४१, एमाले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।