काठमाडौं– बाग्लुङ क्षेत्र नम्बर २ मा ३६ हजार ४८१ मत गणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन्।
माओवादी केन्द्रका देवेन्द्र पौडेल १८ हजार ३२० मतका साथ अगाडि बढिरहेका छन्। उनलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहेकी छिन्।
पौडेल र चालिसेबीच अहिले २ हजार २८५ मतको अन्तर रहेको छ। त्यस्तै तेस्रो स्थानमा १ हजार ५६३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तिला खत्री रहेका छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार तुलसीराम अर्यालले २६७ मत प्राप्त गरेका छन्। नेपाल दलित पार्टीका टेकप्रसाद कामीले १७७ मत प्राप्त गरेका छन्।
राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङले ९१ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले २८ मत प्राप्त गरेका छन्।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचनले १५ हजार १०८ मतसहित जित हासिल गरेका छन्। उनका प्रतिद्वन्दी प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गरे।
साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर १२ हजार ४०८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ७३७ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।