काठमाडौं– झापा–१ मा विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ।
गन्न बाँकी मत भन्दा शर्माको एमाले उम्मेदवार अग्नि खरेलसँग मतान्तर बढी रहेको छ।
शर्माले ३४ हजार ५ सय ८ मत ल्याएका छन् भने खरेलले २१ हजार ८ सय २८ मत पाएका छन्। मतान्तर १२ हजार ६ सय ८० रहेको छ।
जम्मा ८१ हजार ३ सय ३१ मत खसेको थियो। गणना गर्न बाँकी करिब ११ हजार मत मात्रै रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।