काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तर्गत महोत्तरी क्षेत्र नम्बर ३ मा मतगणनाको सुरुदेखि नै पछि परेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार महन्थ ठाकुरले मतान्तर घटाउँदै गएका छन्।
मतगणनाको सुरुवातदेखि नै स्तवन्त्र उम्मेदवार राम आधार कापरले अग्रता लिइरहेका छन्। कापर १ हजार बढी मतले अगाडि रहेकोमा पछिल्लो समय भने खुम्चिएर कापर र ठाकुरबीचको मतान्तर ८२ मा झरेको छ।
पछिल्लो मतपरिणाअनुसार स्वतन्त्र उम्मेदवार कापरले ५ हजार २१७ मत ल्याएका छन्। ठाकुरले ५ हजार १३५ मत प्राप्त गरेका छन्। ठाकुर कापरभन्दा ८२ मतले पछि छन्।
जनता समाजवादी पार्टीका हरि नारायण यादव भने तेस्रो स्थानमा छन्। उनले ४ हजार ४२२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।