काठमाडौं– गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ। पछिल्लो नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।
गुल्मी २ मा एमाले उम्मेदवार विष्ट २६ हजार २१६ मतसहित अगाडि छन्। विष्टकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले २४ हजार २९१ मत ल्याएकी छन्।
विष्ट र झाँक्रीबीच १ हजार ९२५ मतको अन्तर छ। यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा गुल्मी २ बाट एमालेका विष्ट विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।