काठमाडौं– सुर्खेत–१मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।
मंगलबार राति १२ बजेबाट सुरु भएको मतगणनाको पहिलो अपडेटअनुसार ३ हजार २ सय ३८ मत गनिएको छ।
खड्काले १ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। यस्तै नेकपा (एमाले)का ध्रुवकुमार शाहीले १ हजार ३ सय ५५ मत प्राप्त गरेका छन्।
राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले २ हजार २ मत प्राप्त गरेका छन् भने एमालेका डम्मर विष्टले एक हजार तीन सय २६ मत प्राप्त गरेका छन्।
प्रदेशसभा (२)बाट लोकतान्त्रिक–वाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि छन्। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जिसीले १ हजार १ सय ७८ मत प्राप्त गरेका छन् भने एमालेका डण्डीप्रसाद शर्माले ९ सय २९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।