काठमाडौं- प्रतिनिधि सभाको समानुपातिकतर्फको मत गणना पनि जारी छ। समानुपातिकतर्फ नेकपा एमालेले अग्रता लिएको छ।
बुधबार बिहानसम्म गणना भएको ७ लाख ८१ हजार ३१९ मतमध्ये एमालेले २ लाख २१ हजार ६५३ मत पाएको छ। त्यो २८. ३६ प्रतिशत हो।
एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेसले अहिलेसम्म १ लाख ९८ हजार ७६९ मत पाएको छ। त्यो २५. ४४ प्रतिशत हो।
तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १ लाख १ हजार ७०३ मत पाएको छ। जुन १३.०३ प्रतिशत हुन आउँछ।
चौथोमा रहेको माओवादी केन्द्रले ९२ हजार १८४ मत पाएको छ। उसले ११.७९ प्रतिशत मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५१ हजार ९०१ मत सहित पाँचौँ स्थानमा छ। उसले ६.६४ प्रतिशत मत पाएको छ।
जनता समाजवादी पार्टी, जनमत पार्टी, नेमकिपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले अहिले गणना भएको मतमध्ये तीन प्रतिशत मत पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।