काठमाडौं– प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं- ७ बाट पराजित भएपछि नेपाल समाजवादी पार्टीकी उम्मेदवार मानुषी यमी भट्टराईले नयाँ अनुवभ र शिक्षा लिने अवसर प्राप्त गरेको बताएकी छिन्।
उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीलाई बधाइ दिँदै उनले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘यो निर्वाचनमा उम्मेदवार हुँदैगर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरेँ।’ उनले आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार, विकास गर्ने प्रण गरेकी छिन्।
काठमाडौं ७ को प्रदेशसभातर्फ ७(१) बाट एकीकृत समाजवादीका वसन्त मानन्धर र (२) बाट नेकपा एमालेका प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।