काठमाडौं– गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (२) मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे फराकिलो मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
जम्मा सदर मत २७ हजार ३७२ हुँदा विजयी भएका पाण्डेले १६ हजार ८८२ मत पाए। उनका प्रतिस्पर्धी नेकपा एमालेका वसन्त गुरुङले ५ हजार ३६० मत ल्याए।
गोरखा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। प्रचण्डले पनि फराकिलो मतान्तरसहित आफ्नो अग्रता कायम राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।