काठमाडौं- काठमाडौं- ५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्। उनलाई कांग्रेसका नेता प्रदीप पौडेलले पराजित गरेका हुन्।
यस्तो छ अन्तिम मत परिणामः
प्रदीप पौडेल/कांग्रेस- १५२३७
ईश्वर पोखरेल/एमाले- १०१७५
यस क्षेत्रबाट २०७४ मा एमालेका पोखरेल निर्वाचित भएका थिए। त्यसो त उनी, २०६४ र २०७० को निर्वाचनमा उनी काठमाडौं- ५ बाटै पराजित भएका थिए।
पौडेल भने २०७४ को प्रदेश सभा निर्वाचनमा उनी तनहुँ- २ (१) बाट प्रतिस्पर्धामा उत्रिएका थिए। तर माओवादी केन्द्रका उम्मेदवारसँग पराजित भएका थिए।
निर्वाचनसँग सम्बन्धित सम्पूर्ण विवरण हेर्नका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।