काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको समूह डीको खेलमा फ्रान्सले अष्ट्रेलियामाथि ४–१ को फराकिलो अन्तरको जित निकालेको हो।
खेलमा अष्ट्रेलियाले ९ मिनेटमै सुरुवाती अग्रता लिएको थियो। क्राइग गुडविनले अग्रता दिलाएका हुन्।
तर, खेलको २७ औँ मिनेटमा गोल गर्दै एड्रिउन राबिओटले फ्रान्सलाई खेलमा फर्काए। त्यसपछि ओलिभियर जिरुडले ३२ औँ मिनेटमा गोल थपे र फ्रान्सलाई अग्रता दिलाए।
फ्रान्स यतिमै रोकिएन। केलियन एम्बाप्पेले ६८ औँ तथा जिरुडले ७१ औँ मिनेटमा गाल थपे र फ्रान्सलाई ४–१ को फराकिलो जित दिलाए।
यो समूहमा तीन अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।