काठमाडौं– धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका भूमि त्रिपाठीले अग्रता लिएका छन्। २६ हजार १०० मत गणना हुँदा उनले १० हजार ४११ मत ल्याएका छन्।
यस्तै, एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे दोस्रो स्थानमा छन्। बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले ११ हजार २५७ ल्याएका छन्। उनी दोस्रो स्थानमा छन्।
स्वतन्त्र पार्टीका हिमेश पन्तले ३ हजार १८२ मात्र ल्याएका छन्। यसैगरी साना दलहरूले ४४५ मत ल्याएका छन्। धादिङ– १ मा ८०५ मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।