रोल्पा– प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन्।
१७ हजार २ सय मत गणना गर्दा पुनले १० हजार ४३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले ४ हजार ३०८ मतसहित पुनलाई पछ्याइरहेका छन्। उनीहरूबीचको मतान्तर ६ हजार १३० छ।
यस्तै, राप्रपाका लीला राउतले ६७५, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ३०० र नेपाल मजदुर किसान पार्टीका नातीभाइह याम्बोले ३५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।