तनहुँ– तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा एमालेका श्यामराजा महतले अग्रता लिएका छन्।
उनले माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेविरुद्ध झिनो अग्रता लिएका हुन्।
कुल २१ हजार २४३ मतगणना हुँदा एमालेका महतले ८ हजार ३७८ मत ल्याएका छन् भने माओवादीका न्यौपानेले ८ हजार ३५४ मत ल्याएका छन्।
यस्तै, राप्रपाका रेशमराज अधिकारीले २ हजार २४१ मत प्राप्त गरेका छन्। हालसम्म १ हजार ९ मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।