काठमाडौं– निर्वाचन आयोगले बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाको ५ मा यसअघि रोकिएको निर्वाचन मंसिर १० गते गर्ने निर्णय गरेको छ।
आयोगले जिल्लाको उक्त क्षेत्रमा मात्र पून मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ गते उक्त क्षेत्रमा राजनीतिक विवाद हुँदा मतदान हुन सकेको थिएन।
लामो समयसम्म विवाद मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो। उक्त क्षेत्रमा पुनः मतदान गरेपछि मतगणना हुने छ। बाजुरामा नेकपा एमालेका कर्ण थापा र नेपाली काग्रेसबाट बद्रि पाण्डेले प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।