• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
टिप्पणी

परीक्षणमा प्रकाशमान!

64x64
किशोर दहाल मंगलबार, मंसिर ६, २०७९  १४:२३
1140x725

काठमाडौं- काठमाडौं- १ बाट प्रकाशमान सिंह पुनः विजयी भएका छन्। मंगलबार बिहान सबेरै सार्वजनिक अन्तिम मत परिणाममा उनले निकटतम प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई पराजित गरेका हुन्। दुई उम्मेदवारबीच यो दोस्रो प्रतिस्पर्धा हो। यसअघि २०७४ मा पनि यी दुईबीच प्रतिस्पर्धा भएको थियो। तर यसबीचमा रवीन्द्र मिश्रले पार्टी र आफ्ना राजनीतिक बुझाइको 'मार्ग परिवर्तन' गरेकाले पनि यस क्षेत्रको नतिजालाई चासोपूर्वक हेरिएको थियो।

२०४८ र २०५१ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- ४ र काठमाडौं- ३ मा पराजित भएका सिंह त्यसपछि राष्ट्रिय सभामा सदस्य बनेका थिए। २०६४ को पहिलो संविधान सभा निर्वाचनदेखि भने उनी यही क्षेत्रबाट उम्मेदवार बन्दै र जित्दै आएका छन्। तर यो निर्वाचन नै उनको सबैभन्दा झिनो मतान्तर सहितको जित हुन पुग्यो।

यो पनि पढ्नुहोस

काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?

२०६४ मा ७ हजार ५२९ मतान्तरले जित निकालेका उनले २०७० मा मतान्तर बढाएर ११ हजार ७४ पुर्‍याएका थिए। तर २०७४ मा मतान्तर खुम्चिएर ८१८ मा आइपुग्यो। यसपटक भने उनको मतान्तर केवल १२५ मा सीमित भएको छ। घट्दो मतान्तरले उनको लोकप्रियता पनि घटिरहेको प्रष्ट पार्छ। त्यसैले यो जित उनको लोकप्रियताको अनुमोदन होइन, विपक्षी मत बाँडिएर उनलाई लाभ पुगेको मात्रै हो भन्न सकिन्छ। यद्यपि, उम्मेदवारका निम्ति जित सबैभन्दा ठूलो विषय हो, त्यो उनलाई उपलब्ध भइसकेको छ।

अब प्रकाशमानको जित विगत हो, उनको आगामी भूमिका परीक्षणमा छ। तर समीक्षा भने विगतका उनका भूमिकाबाटै सुरु गर्नु वाञ्छनीय हुन्छ।

पछिल्लो एक वर्षमा प्रकाशमान सिंह दुई कारणले विवादित भए। कांग्रेसपंक्तिकै पनि आलोचना खेपे। पहिलो, पार्टीको चौधौँ महाधिवेशनमा उनले नेतृत्व परिवर्तनका लागि आवाज उठाए। र सभापतिका पदका लागि आफू नै उपयुक्त भन्दै देउवाइतर मोर्चाबाट एकल उम्मेदवार हुने परिस्थिति विकास हुन दिएनन्। पहिलो चरणको निर्वाचनमा सभापतिको छिनोफानो हुन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा उनले आश्चर्यजनक रुपमा शेरबहादुर देउवालाई समर्थन गरे। र नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्ने आफ्नै पूर्वमान्यतामाथि पानी खन्याए। नेतृत्व परिवर्तनका लागि दिनुपर्ने अन्तिम धक्कामा उनी जसरी पछि हटे, त्यसलाई उनको राजनीतिक भुलका रुपमा कांग्रेसकै नेताहरुले प्रस्तुत गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नै श्रीमती सिर्जना सिंहलाई उम्मेदवार बनाउने वातावरण बनाए। सिर्जनाको राजनीतिक विगतको आफ्नो ठाउँमा मूल्यांकन हुने नै छ, तर उनी उम्मेदवार बन्नुमा महाधिवेशनमा देउवालाई सघाएको गुनको लाभ लिन खोजेको भन्ने स्थापित भयो। त्यो सहितका कारणबाट निर्वाचनमा सिर्जना पराजित हुन पुगिन्।

यी दुई प्रकरणबाट उनले आफ्ना लागि धेरै पाठ सिक्न सक्छन्। तर, आम रुपमा उनले एउटै पाठ सिकुन् भन्ने अपेक्षा छ- अब ‘आफ्नै लागि’ ढिपी नगरुन्। अब पनि गणेशमानको त्याग पढाएर लाभ खोज्ने भुल नगरुन्। अर्थात्, अब कांग्रेसका हुने संसदीय दलको निर्वाचनमा उनले रचनात्मक भूमिका खेलुन्। निर्वाचनको प्रारम्भिक मत परिणामले पार्टी र समग्र राजनीतिमा पुस्तान्तरणको अपेक्षा व्यक्त गरेको छ। जसलाई कांग्रेस महामन्त्री गगन थापाले राजनीतिमा नयाँ चालक खोजिएको भनी अर्थ्याएका छन्।

Prakashman_Singh_Wining_History1669106184.jpg

कांग्रेसको अबको संसदीय दलको नेताका लागि हुने प्रतिस्पर्धा रोचक हुने आकलन गर्न सकिन्छ। किनकि, कांग्रेस महामन्त्री थापाले त्यसका लागि दाबी प्रस्तुत गरिरहेका छन्। निर्वाचनअघि नै संसदीय दलको नेता र त्यसपछि प्रधानमन्त्रीको दाबी प्रस्तुत गरिसकेका छन्। सम्भवतः त्यहाँ प्रकाशमान सिंहले पनि दाबी प्रस्तुत गर्नेछन्। किनकि, उनले पनि सार्वजनिक रुपमा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरिसकेका छन्। अरुले पनि गरेका छन्। यस्तो परिस्थितिले महाधिवेशनको नियति कांग्रेस संसदीय दलको निर्वाचनमा पुनरावृत्ति हुने सम्भावना छ।

अर्कोतिर, २०७४ को संसदीय दलको निर्वाचनमा प्रकाशमानले प्रतिस्पर्धा गरिसकेका छन्। २०७४ फागुन २१ मा भएको संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंह शेरबहादुर देउवासँग पराजित त भए, तर एउटा सन्देश दिएर। कांग्रेसको पार्टी सत्ता र त्यसबाट उपलब्ध शक्तिका आधारमा राज्य सत्तामा पनि हालिमुहाली गरिरहेका देउवालाई चुनौती दिन अर्को पुस्ता तयार भएको सन्देश थियो त्यो। किनकि, त्यसअघि देउवाका प्रतिस्पर्धी रामचन्द्र पौडेल ठानिएको थियो। २०७४ को निर्वाचनमा पौडेल पराजित भएपछि देउवाको प्रतिस्पर्धी को होलान् भन्ने अन्यौल थियो। प्रकाशमानले त्यो मोर्चाको नेतृत्व गरे। स्थापित नेतृत्वसँग भिड्ने त्यो निर्णयलाई अहिले गगन थापाले निरन्तरता दिने प्रष्ट भइसकेको छ। प्रकाशमानबाट यहीँनेर सुझबुझको अपेक्षा गरिएको हो।

अर्कोतिर, प्रकाशमानले जितेर आउँदै गर्दा उनको विगतमा संसद्‌मा खेलेकोको भूमिकाको आलोचना पनि भइरहेको छ। लोकतन्त्र र संविधानप्रति उनको निष्ठाप्रति त प्रश्न उठ्ने ठाउँ छैन। तर, अब त्यति मात्रै पर्याप्त छैन भन्ने यही निर्वाचनबाट देखिइसकेको छ। अब उनले आफ्नो भूमिकालाई नयाँ पुस्तामैत्री बनाउनु र निर्वाचनको 'जनाउ घण्टी' सुन्नु सान्दर्भिक हुनेछ।

यो पनि पढ्नुहोस

संसदीय दलमा देउवाको जितले दिएका सन्देश

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १४:२३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्