• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
टिप्पणी परीक्षणमा प्रकाशमान!
64x64
किशोर दहाल मंगलबार, मंसिर ६, २०७९  १४:२३
1140x725

काठमाडौं- काठमाडौं- १ बाट प्रकाशमान सिंह पुनः विजयी भएका छन्। मंगलबार बिहान सबेरै सार्वजनिक अन्तिम मत परिणाममा उनले निकटतम प्रतिस्पर्धी रवीन्द्र मिश्रलाई पराजित गरेका हुन्। दुई उम्मेदवारबीच यो दोस्रो प्रतिस्पर्धा हो। यसअघि २०७४ मा पनि यी दुईबीच प्रतिस्पर्धा भएको थियो। तर यसबीचमा रवीन्द्र मिश्रले पार्टी र आफ्ना राजनीतिक बुझाइको 'मार्ग परिवर्तन' गरेकाले पनि यस क्षेत्रको नतिजालाई चासोपूर्वक हेरिएको थियो।

२०४८ र २०५१ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- ४ र काठमाडौं- ३ मा पराजित भएका सिंह त्यसपछि राष्ट्रिय सभामा सदस्य बनेका थिए। २०६४ को पहिलो संविधान सभा निर्वाचनदेखि भने उनी यही क्षेत्रबाट उम्मेदवार बन्दै र जित्दै आएका छन्। तर यो निर्वाचन नै उनको सबैभन्दा झिनो मतान्तर सहितको जित हुन पुग्यो।

यो पनि पढ्नुहोस

काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?

२०६४ मा ७ हजार ५२९ मतान्तरले जित निकालेका उनले २०७० मा मतान्तर बढाएर ११ हजार ७४ पुर्‍याएका थिए। तर २०७४ मा मतान्तर खुम्चिएर ८१८ मा आइपुग्यो। यसपटक भने उनको मतान्तर केवल १२५ मा सीमित भएको छ। घट्दो मतान्तरले उनको लोकप्रियता पनि घटिरहेको प्रष्ट पार्छ। त्यसैले यो जित उनको लोकप्रियताको अनुमोदन होइन, विपक्षी मत बाँडिएर उनलाई लाभ पुगेको मात्रै हो भन्न सकिन्छ। यद्यपि, उम्मेदवारका निम्ति जित सबैभन्दा ठूलो विषय हो, त्यो उनलाई उपलब्ध भइसकेको छ।

अब प्रकाशमानको जित विगत हो, उनको आगामी भूमिका परीक्षणमा छ। तर समीक्षा भने विगतका उनका भूमिकाबाटै सुरु गर्नु वाञ्छनीय हुन्छ।

पछिल्लो एक वर्षमा प्रकाशमान सिंह दुई कारणले विवादित भए। कांग्रेसपंक्तिकै पनि आलोचना खेपे। पहिलो, पार्टीको चौधौँ महाधिवेशनमा उनले नेतृत्व परिवर्तनका लागि आवाज उठाए। र सभापतिका पदका लागि आफू नै उपयुक्त भन्दै देउवाइतर मोर्चाबाट एकल उम्मेदवार हुने परिस्थिति विकास हुन दिएनन्। पहिलो चरणको निर्वाचनमा सभापतिको छिनोफानो हुन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा उनले आश्चर्यजनक रुपमा शेरबहादुर देउवालाई समर्थन गरे। र नेतृत्व परिवर्तनको आवश्यकता रहेको भन्ने आफ्नै पूर्वमान्यतामाथि पानी खन्याए। नेतृत्व परिवर्तनका लागि दिनुपर्ने अन्तिम धक्कामा उनी जसरी पछि हटे, त्यसलाई उनको राजनीतिक भुलका रुपमा कांग्रेसकै नेताहरुले प्रस्तुत गर्छन्।

Ncell 2
Ncell 2

दोस्रो, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयरमा आफ्नै श्रीमती सिर्जना सिंहलाई उम्मेदवार बनाउने वातावरण बनाए। सिर्जनाको राजनीतिक विगतको आफ्नो ठाउँमा मूल्यांकन हुने नै छ, तर उनी उम्मेदवार बन्नुमा महाधिवेशनमा देउवालाई सघाएको गुनको लाभ लिन खोजेको भन्ने स्थापित भयो। त्यो सहितका कारणबाट निर्वाचनमा सिर्जना पराजित हुन पुगिन्।

यी दुई प्रकरणबाट उनले आफ्ना लागि धेरै पाठ सिक्न सक्छन्। तर, आम रुपमा उनले एउटै पाठ सिकुन् भन्ने अपेक्षा छ- अब ‘आफ्नै लागि’ ढिपी नगरुन्। अब पनि गणेशमानको त्याग पढाएर लाभ खोज्ने भुल नगरुन्। अर्थात्, अब कांग्रेसका हुने संसदीय दलको निर्वाचनमा उनले रचनात्मक भूमिका खेलुन्। निर्वाचनको प्रारम्भिक मत परिणामले पार्टी र समग्र राजनीतिमा पुस्तान्तरणको अपेक्षा व्यक्त गरेको छ। जसलाई कांग्रेस महामन्त्री गगन थापाले राजनीतिमा नयाँ चालक खोजिएको भनी अर्थ्याएका छन्।

Prakashman_Singh_Wining_History1669106184.jpg

कांग्रेसको अबको संसदीय दलको नेताका लागि हुने प्रतिस्पर्धा रोचक हुने आकलन गर्न सकिन्छ। किनकि, कांग्रेस महामन्त्री थापाले त्यसका लागि दाबी प्रस्तुत गरिरहेका छन्। निर्वाचनअघि नै संसदीय दलको नेता र त्यसपछि प्रधानमन्त्रीको दाबी प्रस्तुत गरिसकेका छन्। सम्भवतः त्यहाँ प्रकाशमान सिंहले पनि दाबी प्रस्तुत गर्नेछन्। किनकि, उनले पनि सार्वजनिक रुपमा आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरिसकेका छन्। अरुले पनि गरेका छन्। यस्तो परिस्थितिले महाधिवेशनको नियति कांग्रेस संसदीय दलको निर्वाचनमा पुनरावृत्ति हुने सम्भावना छ।

अर्कोतिर, २०७४ को संसदीय दलको निर्वाचनमा प्रकाशमानले प्रतिस्पर्धा गरिसकेका छन्। २०७४ फागुन २१ मा भएको संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंह शेरबहादुर देउवासँग पराजित त भए, तर एउटा सन्देश दिएर। कांग्रेसको पार्टी सत्ता र त्यसबाट उपलब्ध शक्तिका आधारमा राज्य सत्तामा पनि हालिमुहाली गरिरहेका देउवालाई चुनौती दिन अर्को पुस्ता तयार भएको सन्देश थियो त्यो। किनकि, त्यसअघि देउवाका प्रतिस्पर्धी रामचन्द्र पौडेल ठानिएको थियो। २०७४ को निर्वाचनमा पौडेल पराजित भएपछि देउवाको प्रतिस्पर्धी को होलान् भन्ने अन्यौल थियो। प्रकाशमानले त्यो मोर्चाको नेतृत्व गरे। स्थापित नेतृत्वसँग भिड्ने त्यो निर्णयलाई अहिले गगन थापाले निरन्तरता दिने प्रष्ट भइसकेको छ। प्रकाशमानबाट यहीँनेर सुझबुझको अपेक्षा गरिएको हो।

अर्कोतिर, प्रकाशमानले जितेर आउँदै गर्दा उनको विगतमा संसद्‌मा खेलेकोको भूमिकाको आलोचना पनि भइरहेको छ। लोकतन्त्र र संविधानप्रति उनको निष्ठाप्रति त प्रश्न उठ्ने ठाउँ छैन। तर, अब त्यति मात्रै पर्याप्त छैन भन्ने यही निर्वाचनबाट देखिइसकेको छ। अब उनले आफ्नो भूमिकालाई नयाँ पुस्तामैत्री बनाउनु र निर्वाचनको 'जनाउ घण्टी' सुन्नु सान्दर्भिक हुनेछ।

यो पनि पढ्नुहोस

संसदीय दलमा देउवाको जितले दिएका सन्देश

 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १४:२३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्