• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदीय दलमा देउवाको जितले दिएका सन्देश

64x64
किशोर दहाल सोमबार, फागुन २१, २०७४  १५:२३
1140x725

अन्ततः नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नै संसदीय दलको नेतामा निर्वाचित भएका छन्। उनले आफूलाई सर्वसम्मत नेता बनाउने प्रयास गरेका थिए। तर, अन्तिममा पूर्व उपसभापति प्रकाशमान सिंहसँगको चुनावी प्रतिस्पर्धामा देउवाले नै बाजी मारे। सोमबार भएको निर्वाचनमा उनले ४४ मत पाए। कुल ६३ जना रहेको संसदीय दलमा सिंहले १९ मत मात्रै पाए।
देउवाको विजयले दिने केही सन्देश छन्।

पहिलो हो, संसदीय दलको चुनावले कांग्रेसमा देउवा थप बलियो रहेको पुष्टि गर्छ। स्थानीयदेखि संघीय चुनावसम्मको हारपछि कांग्रेसभित्र र बाहिर निकै आलोचित भएका देउवाले आफूलाई पार्टीभित्र बलियो नै रहेको प्रमाणित गरेर देखाइदिए। उनले झन्डै ७० प्रतिशत मत ल्याए। कतिपय कांग्रेस नेताको भनाइ मान्ने हो भने, देउवाले अनुमान गरेभन्दा बढी मत पाए।

चुनावपछि पार्टी र पार्टीमा सभापति देउवा कमजोर भए भन्ने विश्लेषण हुने गरेको थियो। विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनका आवाज पनि उठेका थिए। तर, देउवाले यो विजयबाट पार्टीमा नीति र नेतृत्व परिवर्तनको आवाज उठाइरहेकाहरुलाई एकमुस्ट जवाफ फर्काएका छन्।

चुनावमा कांग्रेसको हारपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग उठिरहेको थियो। त्यसका लागि केही नेताले प्रयास पनि गरिरहेका थिए। अभिव्यक्ति पनि आइरहेका थिए। तर अब कांग्रेसको सुधारमा आउनसक्ने भनिएको उथलपुथलको सम्भावना भने कमजोर भएको छ। साथै, चुनावी पराजयको समीक्षा र विशेष महाधिवेशनका कुरा पनि ओझेलमा पर्न सक्छ वा फिक्का हुन्छ। पार्टीभित्र र बाहिरबाट उनको नेतृत्वमाथि उठाइएको प्रश्न पनि महत्त्वहीन बन्न सक्छ। 

तर, कार्यकर्ता पंक्तिमा रहेको पार्टी नेतृत्व परिवर्तनको आवाज कमजोर भएको र थिचिने वा मिचिने भन्ने सोच्न नहुने कांग्रेस नेता गगन थापा बताउँछन्। 'संसदीय दलको निर्वाचनमा त पार्टीका नेतासँग सम्बन्ध बनाएका नेताहरु मतदाता छन्', थापा भन्छन्, 'तर, पार्टीको पुनर्जीवन र नयाँ नेतृत्वको चाहना त आम कार्यकर्ता र कांग्रेसलाई माया गर्ने पंक्तिको हो। त्यसैले पार्टीको नेतृत्व परिवर्तनको अभियान प्रभावित हुन्छ भन्ने निश्कर्ष निकालियो भने त्यो गलत हुन्छ।'

आफूहरुले पार्टी नेतृत्व परिवर्तन र पार्टीको पुनर्जीवन अभियानलाई अझै बलियो बनाएरै छाड्ने थापा बताउँछन्।

कांग्रेसको यो नेतृत्व सर्वाधिक अलोकप्रिय रहेको विश्लेषण हुने गरेको थियो। चुनावपछि दुईपटक बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पनि देउवाको निकै आलोचना भएको थियो। पार्टी सम्बद्ध मात्रै होइन, स्वतन्त्र विश्लेषकहरुले पनि कांग्रेस नेतृत्वलाई आलोचना गरिरहेको पढ्न-सुन्न पाइन्छ। तर, आलोचनाकै बीचमा पनि देउवाले आफूलाई बदल्ने कुनै छनक दिएनन्। कारण, देउवाले चुनावअघि कांग्रेसमा फर्किएका अर्का अलोकप्रिय नेता गच्छदारलाई संसदीय दलको उपनेतामा चयन गरिदिए। 

गच्छदार कांग्रेसभित्र र बाहिर लोकप्रिय नेता होइनन्। त्यसमाथि उनी कांग्रेस छाडेर फर्किएका नेता हुन्। उनैलाई उपनेता बनाउने देउवाको कदमले हिजो कांग्रेसमा रहेर आस्थापूर्वक जिम्मेवारी पूरा गरेका नेतामाथि 'अन्याय' गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

गच्छदारलाई साथमा लिएर हिँड्ने देउवाको निर्णयले कांग्रेसलाई अलोकप्रियताको थप सिँढी चढाउने शंका गर्न सकिन्छ। कांग्रेसको संसदीय दलको नेतृत्व जस्तो भयो, संसद्‌मा उस्तै खालको प्रतिबिम्ब देखिने पक्का छ। 

'सांसदहरुको आफ्नै सीमा हुन्छन्। उनीहरु व्यक्तिगत रुपमा राम्रा सांसद बन्न सक्छन्,' थापाले भने, 'तर, पार्टीको समग्र प्रस्तुतीकरणका लागि भने नेतृत्व नै तयार हुनुपर्छ।' तर, नेतृत्वले प्रभावकारी प्रस्तुति दिनसक्नेमा उनी पनि शंका व्यक्त गर्छन्।

अहिलेसम्म 'नसुध्रेको' नेतृत्व कसरी सुध्रेला? त्यो कांग्रेसीले मात्रै होइन, आम मानिसले हेरिरहेका छन्। त्यसो त सुध्रेला भनेर आशा गर्नुको विकल्प छैन।

अहिले संसद्‌मा कांग्रेस बढी चुस्त, विश्वासिलो, आलोचनात्मक क्षमतायुक्त हुनुपर्ने जरुरी छ। कारण, यो पटकको सत्तापक्ष लोकप्रिय छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ट बहुमत (एमाले र माओवादीबीच एकता हुने लगभग निश्चित नै छ) छ र दुई तिहाईको प्रयास गरिरहेको छ। त्यसमाथि प्रधानमन्त्री ओली आलोचनालाई सुन्ने भन्दा पनि पेल्ने रणनीति अपनाउने नेता हुन्। त्यस्तो बेला उनका कतिपय कदमलाई जनतामाझ प्रस्ट पार्न कमजोर नैतिक बलयुक्त र अलोकप्रिय प्रतिपक्षी नेताहरुबाट सम्भव हुन सक्दैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवा आफैं पछिल्लो पटक सरकारको नेतृत्वमा रहँदा सत्ताको दुरुपयोग गरे भनेर आलोचित भएका थिए। उनको नेतृत्वको समूहले ओली सरकारलाई कसरी 'चेक' गर्ला हेर्न बाँकी छ। तर, अहिलेको अवस्थामा कांग्रेसले 'बाघ मार्न स्यालको सर्जाम' बोकेर हिँड्न लागेको आभास हुन्छ। 

यतिबेला देउवालाई आफू केही हुँ भनेर प्रमाणित गर्न जरुरी नभएको समय हो। गच्छदारलाई स्वयं कांग्रेसीले नै कमै मात्र विश्वास गर्छन्। संसद्‌मा कांग्रेसका तर्फबाट बलियो, गतिशील र स्वच्छ नेतृत्व चाहिने बेला आकर्षणहीन नेताबाट कांग्रेस डोहोरिँदै छ। कांग्रेसका निम्ति यो दुर्भाग्य हो।

'हामीले उहाँलाई जिम्मा नलिनुस् भन्दाभन्दै पनि उहाँले जिम्मा लिनुभएको छ भने अब संसद्‌मा कामबाट आफूलाई प्रमाणित गर्नु उहाँको दायित्व हो', थापाले भने, 'उहाँले आफूलाई प्रमाणित गर्नुपर्छ।'

देउवा बाहेकको नेतृत्व चयन भएको भए कांग्रेसले बदलिने क्रम सुरु गरेको संकेत दिनसक्थ्यो। तर दिएन। पुनः 'कांग्रेस भनेकै देउवा हुन्' को चरणमा पार्टी देखिएको छ। 

देउवाको ठाउँमा प्रकाशमान सिंह संसदीय दलको नेता निर्वाचित भएको भए चाहिँ कांग्रेस प्रतिपक्षीका रुपमा बलियो हुन्थ्यो र? भन्ने प्रश्नमा अल्झिनु जरुरी छैन। किनकि, यसले कांग्रेसमा अन्य नेता पनि छन् भन्ने सन्देश दिन सकिन्थ्यो। त्यसले पार्टीलाई पुनर्ताजगी गराउन सहयोग गर्थ्यो। साथै, सत्तापक्षले पनि नयाँ जोशको सामना गर्नुपर्ने हुन्थ्यो। तर, देउवा र गच्छदारजस्ता थाकेका नेतृत्वबाट सत्तापक्षले कुनै चुनौती महसुस नगर्न सक्छ।

नयाँ 'फेस' र जोश देखाउने अबसर कांग्रेसले चुकायो। यसले कांग्रेसभित्र नयाँपन खोजिरहेकाहरुलाई पनि निरास पारेको छ। 

अब प्रमुख सचेतकको जिम्मेवारी पनि देउवाले आफू अनुकूल नेतालाई नै दिने संकेत देखिएको छ।  यसो भइदियो भने उनले अब पार्टीमा एकलौटी प्रभाव जमाएको प्रमाणित हुन्छ। हिजोसम्म उनले पौडेल पक्षलाई चित्त नबुझाई वा भाग नदिई एक्लै अघि बढ्न सक्दैनथे। अब त्यो 'जिम्मेवारी'लाई उनले बेवास्ता गरिदिन सक्नेछन्।

जसले पार्टीभित्र ध्रुवीकरणको रेखा अझै स्पष्ट कोरिने सम्भावना रहन्छ। संस्थापन पक्ष बलियो बन्दै जाँदा अर्को पक्षले प्रतिक्रिया जनाउनु स्वाभाविक नै हुन्छ। सँगसँगै देउवा पक्षमै रहेका तर अवसर नपाएकाहरुले पनि अर्को पक्षलाई साथ दिने अवस्था आउन सक्छ। 

देउवाको विजयले कांग्रेसलाई सकारात्मक सन्देश पनि दिएको छ। त्यो हो, देउवासँग प्रतिस्पर्धा गर्न अर्को पुस्ता तयार भयो। यस अघिसम्म देउवासँग रामचन्द्र पौडेलले प्रतिस्पर्धा गरिरहेका थिए। तर, प्रतिनिधिसभा चुनावमा पराजित भएका पौडेलले संसदीय दलको चुनावमा खासै प्रभाव पार्न सकेनन्। बरु प्रकाशमान सिंह अघि सरे। यसले देउवा वा पौडेलभन्दा मुनिको पुस्तामा नेतृत्व सर्दैछ वा विकास हुँदैछ भन्ने सन्देश दिन्छ। संसदीय दलको चुनावले त्यसको सुरुवात गरेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०७४  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो एमाले गण्डकी संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधा... आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद घडीमा... आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको फोटोसहितको समाचार सार्वजनिक भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्