काठमाडौं– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’को खेलमा अमेरिका र वेल्सले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
सोमबार राति भएको खेलको ३६ औँ मिनेटमा नै टिमोथी विहको गोलमा अमेरिकाले अग्रता लिएको थियो। तर, दोस्रो हाफको अन्त्यतिर वेल्स खेलमा फर्कँदै बराबरी गर्न सफल भयो।
प्राप्त पेनाल्टीलाई ८२ मिनेटमा सदुपयोग गर्दै कप्तान ग्यारेथ बेलले वेल्सलाई एक अंक दिलाए।
समूह ‘बी’मा एक खेल जितेको इंग्ल्याण्ड तीन अंकसहित शीर्ष स्थानमा छ। इङ्गल्याण्डसँग पराजित भएको इरान अंकविहीन छ।
बराबरी खेल्दै अमेरिका र वेल्सले एक–एक अंक बाँडेपछि जित निकालेको इङ्गल्याण्डलाई फाइदा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।