काठमाडौं– अभिनेता राजेश हमालले राजनीतिमा आउने संकेत गरेका छन्। प्रतिनिधि सभा र प्रदेश सभाको जारी निर्वाचनअन्तर्गत आइतबार मतदान गरेपछि हमालले राजनीतिमा आउने संकेत गरेका हुन्।
काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हमालले अबको ५ वर्षपछि आफू पनि उम्मेदवारको रुपमा देखिने बताए। अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रूपमा प्रस्तुत हुने उनले बताए। अहिले आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको र ५ वर्ष पछि नेपाली राजनीतिमा आउने उनको भनाइ छ।
‘आजको यो चुनावबाट जुन परिणाम आउँछ त्यसले एउटा नयाँ मार्ग निर्देशित गर्छ। त्यो नयाँ मार्ग निर्देशित गरेपछि यसमा चासो राख्ने र समावेश हुन चाहने व्यक्तिहरू धेरै हुन्छन्,’ उनले भने, ‘मेरो पनि त्यही नै योजना छ। आफूलाई असाध्यै तन्दुरुस्त राखिरहेको छु। अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रूपमा देख्नुहुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।