• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल
कतार विश्वकप

किन विशेष छ नेपालीका लागि कतार विश्वकप?

64x64
नवीन अर्याल आइतबार, मंसिर ४, २०७९  १०:३५
1140x725

फुटबलको महाकुम्भ विश्वकपको पूर्वसन्ध्यामा डेनिस टेलिभिजन पत्रकार रासमुस ट्रान्टहोल्टलाई कतारी सुरक्षाकर्मीले रिपोर्टिङका क्रममा अवरोध सिर्जना गरे। विश्वकप सुरु हुनुभन्दा पाँच दिनअघि भएको यो घटनामा पत्रकार रासमुस र कतारी सुरक्षाकर्मीबीच लामो बहस भयो। यसले कतार प्रेस स्वतन्त्रताको विषयमा कति उदार छ भन्ने कुराको पोल खुल्यो।

देशको छवि  विश्वव्यापी रूपमा धुमिल हुने डरले अन्ततः कतारको उच्च निकाय (सुप्रीम कमिटी अफ डिलिभरी एण्ड लिगेसी) ले यो घटनामा डेनिस पत्रकारसँग माफी माग्यो। र, भन्यो, ‘भूलवस यो घटना हुन पुग्यो।’ घटनामा संलग्न सुरक्षाकर्मीले तत्कालै माफी मागे। 

आप्रवासी कामदारको शोषण

डेनमार्क पहिलेदेखि नै कतार विश्वकप आयोजनाको कटु आलोचक हो। उसले यसअघि पनि कतारमा कार्यरत आप्रवासी कामदारमाथि हुने गरेको शोषणको विषयमा आवाज नउठाएको होइन। अझ, विश्वकपको दौरान श्रम अधिकारको मुद्दा उठाउन आफ्ना खेलाडीलाई विशेष रूपले प्रोत्साहन गरिरहेको छ। बीचमा कुनै घटना भएन भने, उसका खेलाडीहरूले समूह ‘डी’ अन्तर्गत फ्रान्स, अस्ट्रेलिया र ट्युनेशियाविरूद्धको खेलमा श्रम अधिकारको सम्मान नगरेको भन्दै मैदानभित्रबाटै कतारको आलोचना गर्ने सम्भावना बलियो छ।

र, यी सबैका बीच फेरि पनि प्रमुखताका साथ उठ्ने मुद्दा भनेको कतारमा कार्यरत नेपाली श्रमिकहरूसँग जोडिएको विषय नै हो। यस विषयमा नेपाल सरकार मौन छ। दूतावासले चुइँक्क बोलेको छैन।

तर, आइतबारदेखि कतारको राजधानी दोहामा विश्वकपको महाकुम्भ सुरु हुँदा फुटबलका ३२ राष्ट्रहरूको खेलसँगै सबैभन्दा धेरै चर्चामा रहने देश हो, नेपाल।

द नेदरल्याण्ड्सका प्रशिक्षक लुइस फान गालले विश्वकपका खेलहरू चलिरहेको बेला रंगशाला निर्माणमा सक्रिय मजदुरहरूलाई भेट्ने आश्वासन दिएका छन्। यसले फेरि पनि श्रमिकको मुद्दा अन्तर्राष्ट्रियस्तरमा तातिने पक्का छ।

फ्रान्सका पूर्व आक्रामक मिडफिल्डर एरिक क्यान्टोना, जसले बेलायतको चर्चित फुटबल क्लब म्यानचेस्टर युनाइटेडलाई ९० को दशकमा ‘सुपरपावर’ बनाउन प्रमुख योगदान गरे, उनले कतार विश्वकपको विषयमा हालै आफ्नो मत यसरी राखेका छन्, ‘इमान्दारीताका साथ भन्नुपर्दा, मलाई यसपालिको विश्वकपमा खासै रुचि छैन। यो वास्तविक विश्वकप पनि होइन। कतार फुटबलको प्रभाव भएको देश होइन। यो मात्र, पैसाको खेल हो। र, रंगशाला निर्माणका क्रममा जसरी श्रमिकहरूमाथि व्यवहार भएको छ, त्यो वास्तवमै कहालीलाग्दो छ।’

Ncell 2
Ncell 2
nimb
nimb

कतारमा हाल ४ लाख नेपाली कार्यरत छन्। जसमा अधिकांश रंगशाला निर्माणका लागि खटिएका थिए। विश्वकपका लागि कतारले विगत १२ वर्षको दौरान ८ वटा रंगशाला निर्माण गरेको छ। यसमा नयाँ एयरपोर्ट, अन्डरग्राउन्ड रेल सेवा र ठूला–ठूला सपिङ मलहरू छन्। यी सबै परियोजना निर्माणमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी ५ वटा दक्षिण एसियाली मुलुकका ६ हजार ५ सयभन्दा बढी श्रमिकले ज्यान गुमाएको यी देशहरूका दोहास्थित दूतावासले पुष्टि गरिसकेका छन्। यसमा पनि गहन कुरा, भारतपछि सबैभन्दा धेरै ज्यान गुमाउने श्रमिकमा नेपालीहरूको तथ्यांक ठूलो छ।

कतारमा हाल ७ लाखको हाराहारीमा भारतीय श्रमिकहरू कार्यरत छन्। यो संख्या कतारमा हाल रहेका २७ लाख जनसंख्याको लगभग २५ प्रतिशत हुन आउछ। यस हिसाबले भन्नुपर्दा, विश्वकपको दौरान ज्यान गुमाउने श्रमिकमा नेपालीको संख्या कहाली लाग्दो छ। त्यसैले अन्तर्राष्ट्रिय संघ–संगठनले पनि नेपालीहरूको मुद्दा जोडतोडका साथ उठाइरहेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ मा कतारको भ्रमण गर्ने क्रममा त्यहाँका राजा शेख तमिमलाई भेटेर भारतीय श्रमिकको सुरक्षाको मुद्दा उठाएका थिए। तर, नेपाल सरकारले दह्रोसँग आफ्नो देशका श्रमिकहरूको मुद्दा उठाउन सकेको छैन। त्यसैले विश्व मानव अधिकार आयोगलगायत विदेशी एजेन्सीहरू नेपाली श्रमिकको विषयमा बढी आक्रामक देखिन्छन्।

कतारले सन् २०१० को डिसेम्बरमा विश्वकप आयोजनाको जिम्मा पाएको थियो। त्यसयता कतारमा १६ सय ४१ नेपालीले ज्यान गुमाइसकेको वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको तथ्यांकमा उल्लेख छ। यो संख्या भारतपछि दोस्रो ठूलो हो। कतारमा यस अवधिमा २७ सय ११ भारतीय श्रमिकले ज्यान गुमाएका छन्।

भारतले विश्वकप आयोजनाका लागि गठित उच्च निकायसँग रंगशाला निर्माणका क्रममा ज्यान गुमाएका श्रमिकहरूको विषयमा हालै जानकारी माग गरेको थियो। जसमा उनीहरूले कतारले विश्वकप आयोजनाको जिम्मा पाएयता निर्माणस्थलमा ४० विदेशी कामदारको मात्र ज्यान गएको उल्लेख गरेका छन्।

‘सुप्रिम कमिटी अफ डिलिभरी एण्ड लिगेसी’ को भनाइलाई आधार मान्ने हो भने, विश्वकप आयोजनाको दौरान कतारमा ज्यान गुमाएका ४० बाहेक अन्य कामदारको मृत्युसँग विश्वकप फुटबलको कुनै सरोकार छैन।

सुप्रिम कमिटीको यो भनाइले विश्वकप फुटबल सम्पन्न भइसकेको अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर निर्माण योजनामा संलग्न नेपाललगायत अन्य देशका श्रमिकहरूको अवस्था के हुने हो? त्यो अहिले नै अनुमान लगाउन सकिन्छ। यो पेचिलो प्रश्न पनि हो। 

विश्वकपकै सेरोफेरोका बीच यो आर्थिक वर्षको तीन महिनामा रोजगारीका लागि कतार जाने नेपालीहरूको संख्यामा मन्दी आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो तीन महिनायता १४ हजार ५ सय ३९ जना मात्र रोजगारीका लागि कतार पुगेका छन्। गत वर्ष यही अवधिमा २३ हजार ३ सय ३८ जना रोजगारीका लागि कतार पुगिसकेका थिए। 

नेपालका लागि महत्वपूर्ण गन्तव्य

रेमिटेन्सका लागि पनि कतार नेपालको लागि महत्वपूर्ण गन्तव्य देश मानिन्छ। विश्वव्यापी रूपमा नेपालमा ८७ अर्ब अमेरिकी डलरभन्दा बढी रेमिटेन्स नेपाल भित्रिने गरेको छ। यसमा मध्यपूर्वमा साउदी अरबपछि सबैभन्दा बढी पैसा नेपाल भित्रिने नै कतारबाट हो। कोभिड–१९ भन्दाअघि कतारबाट नेपालमा ८७ करोड अमेरिकी डलरको हाराहारीमा पैसा भित्रिने गरेको एक रिपोर्टमा उल्लेख छ। तर, के विश्वकपपछि यो तथ्यांक कायम रहला?

नेपालस्थित कतारी राजदूत युसुफ बिन मोहम्मद अल–हाइल राजधानी काठमाडौंमा हुने गरेका ठूला वा साना, सबै सार्वजनिक समारोहमा विश्वकपका दौरान नेपाली श्रमिकहरूले कतारलाई गरेको अभूतपूर्व सहयोगको हदयदेखि नै धन्यवाद दिने गरेको भेटिन्छन्। उनले गत साता होटल मर्स्याङ्दीमा ब्वायज युनियनका पूर्वअध्यक्ष बोधबहादुर राउत क्षेत्रीले आयोजना गरेको कार्यक्रममा आफू नेपाल र नेपालीप्रति अनुग्रहित रहेको बताएका थिए। उनले भनेका थिए, ‘नेपाल र नेपालीहरूको सहयोग बिना विश्वकप आयोजना असम्भव थियो।’ 

कतारमा अहिले नेपाली श्रमिकहरूलाई विश्वकपको रौनकले छोइसकेको छ। कोभिड–१९ को २ वर्षको भयावह स्थितिमा पनि छुट्टि नलिई अनवरत काम गरेका नेपालीहरू आफूले तयार पारेको रंगशालाभित्र विश्व चर्चित अनुहार अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पाउँदा दंग छन्।

सन् १९८२ मा नेपालमा टेलिभिजन संस्कृति भित्रिएपछि काँचको पर्दाबाट ४० वर्षसम्म नेपालीहरू विश्वकप फुटबलको आनन्द उठाइरहेका थिए। तर, कतारमा विश्वकप भइरहँदा अहिले ठूलो संख्यामा रंगशालाभित्र प्रवेश गरेर नेपालीहरूले आफ्ना स्टार खेलाडीको खेल प्रत्यक्ष हेर्ने सौभाग्य प्राप्त गरेका छन्।

‘कतारभन्दा बाहिर युरोप वा अमेरिकातिर विश्वकप भएको भए, यो संख्यामा फुटबल हेर्न असम्भव थियो,’ दोहास्थित श्रृष्टि कन्ट्रयाक्टिङ एण्ड हस्पिटालिटीका निर्देशक श्रीकृष्ण भट्टराई भन्छन्, ‘पैसा हुने नेपालीले महंगो टिकट काटेर युरोप पुगेर फुटबल हेर्नु ठूलो कुरा होइन। तर, हामी जस्ता औसत आम्दानी भएका नेपालीका लागि यो ठूलो अवसर हो।’

कतारमा भइरहेको विश्वकपमा नेपालीहरू रंगशाला निर्माण गर्ने कार्यमा मात्र होइन, सुरक्षा व्यवस्थापन र अन्य काममा पनि उत्तिकै लगनका साथ खटिएको देखिन्छन्। फेरि कतार सरकारले आफ्नो देशमा बसिरहेका आप्रवासी कामदारको परिवारलाई फुटबल हेर्न सहुलियत दिने उद्देश्यले अपार्टमेन्ट हुने व्यक्तिलाई १० जनासम्म ल्याउन दिने नियम बनाएको छ। 

यसले आफ्नो परिवारका अन्य सदस्यलाई फुटबल देखाउन सहज भएको भट्टराईको भनाई छ। ‘कुनै नेपालीले यहाँ अपार्टमेन्ट लिएको छ भने १० जनासम्म ल्याउन पाउंछ। होटल बुकिङ गरिरहनु परेन,’ उनले भने। 

उनी विदेशी मिडियाले भने जस्तै श्रमको विषयमा पनि त्यति भयावह स्थिति नभएको दाबी गर्छन। ‘पहिले यस्ता मुद्दाहरू नआएको होइन। तर, कतार सरकारले पछि श्रम अधिकारको विषयलाई कडाइका साथ लागू गरेको छ,’ उनी भन्छन्। उनी कतारमा ज्यान गुमाएका सबै नेपाली दाजुभाइ रंगशाला निर्माणका क्रममा मात्र नभई, अन्य कारणले पनि मृत्यु भएको बताउँछन्। 

कतार सरकारले निर्माण क्रममा ज्यान गुमाएका नेपालीको हकमा २ लाख रियाल अर्थात लगभग ७० लाख रुपैयाँको हाराहारीमा रकम उपलब्ध गराउदै आएको छ। तर, अन्य मुद्दामा ऊ मौन जस्तै देखिन्छ। त्यसैले कतारमा मृत्यु भएका प्रायः नेपालीहरूको निधनको कारण हृदयाघात वा ‘नेचुरल डेथ’ भन्दै कम्पनीहरू पन्छिने गरेका छन्। यसमा नेपाली दूतावासको भूमिका पनि त्यति प्रभावकारी देखिदैन। किनभने नेपालमा हुँदा सम्पूर्ण मेडिकल चेकअप गरेर हट्टाकट्टा प्रमाणित भइसकेपछि कतार पुगेका आफ्ना दाजुभाइ केही दिनकै अन्तरमा सडक दुर्घटनाबाहेक सुतेकै अवस्थामा अथवा काम गरिरहेका बेला कसरी मरे? यतिको गहन विषयमा नेपाली दूतावास मौन देखिन्छ। उसले यी विषयहरू कडाइका साथ कतार सरकारसमक्ष राख्ने हिम्मत पनि गरेको देखिंदैन।

यस्तो अवस्थामा प्रश्न उठ्नु जायज हो, रोजगारीका लागि विदेश उड्नुअघि के नेपाली चिकित्सकले दुई–चार हजार रुपैयाँका लागि नक्कली रिपोर्ट बनाउने गरेका छन्? होइन भने, कतारी चिकित्सकले दिने रिपोर्टलाई नेपालीहरूले पत्याउने आधार के हो? यही विषयमा विदेशी एजेन्सीको ठूलो चासो रहेको स्पष्ट छ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:३५
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन अर्याल
नवीन अर्याल वरिष्ठ पत्रकार हुन्।
लेखकबाट थप
यस्ता थिए महाकवि
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद
आखिर कहाँ छन् एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी?
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्