विराटनगर– आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। तीमध्ये १७ लाख २९ हजार ७७२ पुरुष र १६ लाख ६७ हजार ७१ महिला मतदाता रहेका छन्।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ४९ हजार ४८१ मतदाताले पहिलोपटक मतदान गर्दैछन्। गत बैशाख ३० मा भएको स्थानीय निर्वाचनमा प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका थिए। आयोगका अनुसार प्रदेशभरी २२ जना अन्य लैंगिक समुहका मतदाता रहेका छन्।
प्रदेश १ मा सबैभन्दा धेरै मोरङ जिल्लामा ७ लाख ३५ हजार ५२५ मतदाता छन्। मोरङ देशकै सबैभन्दा धेरै मतदाता रहेको जिल्ला पनि हो।
प्रदेश १ मा सबैभन्दा कम तेह्रथुममा ७१ हजार ९३३ मतदाता छन्। प्रदेश १ का १४ जिल्लामा प्रतिनिधि सभाका २८ र प्रदेशसभाका ५६ निर्वाचन क्षेत्र रहेका छन्।
१४ जिल्लामा १ हजार ८९७ मतदान स्थल र ४ हजार ९९ मतदान केन्द्र छन्।
यस्तो छ प्रदेश १ को जिल्लागत निर्वाचन क्षेत्र, मतदाता, मतदान स्थल र मतदान केन्द्रको विवरण:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।