काठमाडौं– आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन भएको छ।
‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलससहित प्रदर्शन गरिएको हो। सुरक्षाकर्मीहरुले प्रदर्शनमा उत्रिएका पाँच जनालाई पक्राउ गरेको छ।
मौन अवधिको अन्तिम दिन आयोगको कार्यालय अगाडि नै प्रदर्शन हुनुले सुरक्षा चुनौती देखिएको आयोगले जनाएको छ।
मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत कुनै पनि काम गर्न निषेध गरिएको छ। केही दिनयता नै निर्वाचन बहिष्कार गर्नेहरुले देशभरका विभिन्न ठाउँमा शंकास्पद् वस्तु राखेर नागरिकलाई तर्साउने काम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।