• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अर्थतन्त्रको सकारात्मक बाटोलाई स्थायित्व दिन राष्ट्र बैंकले के गर्नुपर्छ? 

64x64
सुमित्रा कार्की शुक्रबार, मंसिर २, २०७९  १८:५४
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबार असोज मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गर्दै देशको वर्तमान आर्थिक अवस्था सुधारात्मक बाटोमा देखिएको संकेत गरेको छ। एक वर्षदखि दबाबमा रहेको विदेशी मुद्रा सञ्चिति, सोधनान्तर स्थिति, व्यापार घाटालगायत केही सूचकमा सामान्य सुधार देखिएको तथ्यांकमा उल्लेख छ। 

गभर्नर महाप्रसाद अधिकारीले बुधबार एक कार्यक्रममा राष्ट्र बैंकले ‘अप्रिय नीति’ लिएका कारण अर्थतन्त्र सुधारात्मक बाटोमा देखिएको बताए। कार्यक्रममा उनले राष्ट्र बैंकले गत आर्थिक वर्षमा धेरै ‘अप्रिय नीति’ लिएको कारण अहिले अर्थतन्त्रमा सुधार ल्याउन सफल भएको दाबी गरे।

NRB Governor Adhikari suspended - Nepal Live Today Nepal Live Today

‘हामीले आयात रोक्नेलगायतका विषयमा कठोर बनेर अर्थतन्त्रलाई सुधारात्मक बाटोमा ल्याउन सफल भयौं। बिग्रिएको भए अर्थतन्त्रभित्र बसेर काम गर्ने हामी सबैको स्थिति बिग्रने थियो। यसकारण पनि राष्ट्र बैंकले केही कठोर, अप्रिय र असहज नीति ल्याउनुपर्ने अवस्था आयो’, उनी भन्छन्। 

गत आव (२०७८/०७९) भरि नै देशको आर्थिक अवस्था समस्यापूर्ण अवस्थामा रहेको र बैंक तथा वित्तीय संस्थाहरूले  तरलता अभावका कारण कयौं सेवाग्राहीको माग स्थगित गरेको कुरा राष्ट्र बैंकले मूल्याङ्कन गरिरहेको उनले बताए। 

सार्वजनिक भएको तथ्यांक विश्लेषण गर्दै अधिकारीले भने, ‘तीन महिनाको तथ्यांकलाई हेर्दा मूल्य वृद्धि ८.५० प्रतिशत छ। आयात तीन महिनामा गत आवको समीक्षा अवधिभन्दा घटेको छ। यता निर्यात पनि ३५ प्रतिशतले घटेको छ।’

उनले राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार केही सूचकको सुधार उत्साहजनक रहेको जानकारी दिए।

‘बाह्यक्षेत्रको भुक्तानी सन्तुलन यसभन्दा अगाडि केही पीडाजनक थियो। अहिले सुधारको बाटोमा छ’, अधिकारीले भने , ‘तीन महिनाको अवधिमा हाम्रो ब्यालेन्स अफ पेमेन्ट १२ अर्ब रुपैयाँले सकारात्मक देखिएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

यो सुधार १४ महिनापछि मात्र भएको उनी बताउँछन्। 

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार भने राष्ट्र बैंकले लिएको नीति कै कारण अर्थतन्त्र बिग्रिएको थियो। यद्यपि, राष्ट्र बैंकले नीति सञ्च्याएको केही महिनामै सुधार आएको उनी बताउँछन्। बाह्य क्षेत्र भुक्तानी सन्तुलनमा सुधारलगायत केही आर्थिक सूचकमा सकारात्मक नतिजा आएको उनको विश्लेषण छ। 

‘कोरोना भाइरस महामारीको बेला सरकार तथा राष्ट्र बैंकले अर्थतन्त्र खुला छाडेको थियो। सहुलियततपूर्ण कर्जादेखि  सिंगल अंकमा ब्याजदर थियो। त्यो बेला देशमा चाहिनेभन्दा धेरै वस्तु आयात भयो। जसले अर्थतन्त्रमा समस्या देखियो। कोभिडको बेला गरेको गल्ती सुधार गर्दै आयातलगायत केही नीति फेरि कसिलो बनायो। यसले अर्थतन्त्रका केही सूचकमा सकारात्मक संकेत देखिएको छ’, थापा भन्छन्। 

राष्ट्र बैंकले रिपो लगायत मौद्रिक औजारमार्फत् तरलता बजारमा सहज बनाएर अनावश्यक क्षेत्रमा कर्जा प्रभाह हुँदा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा परेको उनको बुझाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनी भन्छन्, ‘राष्ट्र बैंकले नीतिगत मौद्रिक औजारहरू सहज बनाएर अन्धाधुन्ध पुनर्कर्जा र ‘रि–फाइनान्सिङ’ रिपो दिएर तरलता बजारमा पठायो।तरलता बजारमा धेरै भएपछि जो-जोसँग पैसा छ। उनीहरूले विलासिताका सामान खरिद गर्ने, रियलस्टेटमा लगानी गरे र विदेश भ्रमण गरे। यसले विदेशी मुद्रा सञ्चिति घट्यो। यस्तोले सञ्चितिको हुर्मत लियो।’ 

पछि राष्ट्र बैंकले आफ्नो गल्ती महशुस गरेर यसरलाई सुधार गरेको उनको बुझाइ छ। अहिले देखिएको अर्थतन्त्रका केही सकारात्मक पाटोलाई स्थायित्व कायम गर्न राष्ट्र बैंक तथा सरकारले  लिने नीतिमा भरपर्ने उनले बताए। ‘राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्यायो, धमाधम पुनर्कर्जा दिन थाल्यो, कर्जा प्रवाह सहज बनाइदियो र आयात बढ्यो भने फेरि बाह्य क्षेत्रमा भुक्तानी सन्तुलन खराब अवस्थामा आउँछ’, थापा भन्छन्। 

चुनावपछि राष्ट्र बैंकले पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा ल्याउने भएकाले त्यसमा लिइने नीतिले अबको आर्थिक अवस्थाको बाटो निर्धारण गर्ने थापाको बुझाइ छ। अहिले राष्ट्र बैंक तथा सरकारले आयातका केही वस्तुमा परिमाणत्मक प्रतिबन्ध लगाइरहेको छ। सरकारले विदेशी मुद्रा सञ्चिति बढाउने नाममा गाडी, मोटरसाइकल, मदिरा र स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइरहेको छ।

‘यसलाई हटाउनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले दबाब दिइरहेको छ। अहिले नेपाल यो कोषको कार्यक्रमा सहभागी पनि छ। यसको दबाब पनि नेपालले सुन्नुपर्ने हुन्छ। यता आयात प्रतिबन्ध नहटाइ आईएमएफले नेपाललाई दोस्रो किस्ताको ऋण दिँदैन। यसकारण अब राष्ट्र बैंकले नीति ल्याउँदा आईएमएफसँगको सम्बन्ध नबिग्रिने गरी नीति बनाउनुपर्ने छ’, थापा भन्छन्। 

आईएमएफसँगको दबाबलाई नेपालले मान्दा अहिले गरिरहेको आयात प्रतिबन्द खुलाउनुपर्ने उनको बुझाइ छ। आयात पूर्णरूपमा खुलाउँदा देशको मुद्रा सञ्चितिमा फेरि दबाब पर्ने उनी बताउँछन्। ‘नेपालले अहिलेको अवस्थामा किस्ता लिएर दातृ निकायलाई खुसी पार्नुपर्ने छ। यता भुक्तानी सन्तुलन पनि कायम राख्नुपर्ने छ’, उनी भन्छन्। 

यसमा राष्ट्र बैंकले परिमाणत्मक बन्देज सधैँ लगाएर नेपालबारे दातृ निकायलाई नकारात्मक प्रचार-प्रसार गर्न नहुने उनी बताउँछन्। आयात प्रतिबन्दले दातृ निकायमा नेपालमा केही नमाम्रो अवस्था वा संटक रहेछ भन्ने संकतबाहिर गइरहेको उनी बताउँछन्। 

‘यो समस्या समाधान गर्न सरकार तथा राष्ट्र बैंकले नीतिमा केही प्याकेज ल्याउनुपर्ने बेला आएको छ। अर्कोतर्फ आईएमएफले दबाबका लागि पनि केही गर्नुपर्ने अवस्था छ। बन्देज हटाउनेबित्तिकै आयात नबढ्न अन्य औजार प्रयोग गर्नुपर्यो। यस्तो औजारको रूपमा ब्याजदरको नीति र सुक्ष्म-उत्पादनशील नीतिमा राष्ट्र बैंकले सोचेर अडान लिनुपर्छ,' उनी भन्छन्। 

कस्तो छ अर्थतन्त्रको अवस्था?

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार भदौमा भन्दा असोजमा विदेशी मुद्राको सञ्चिति बढेको छ। भदौ मसान्तमा नौ अर्ब ३५ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति असोज मसान्तमा नौ अर्ब ४८ करोड डलर पुगेको हो। साउन मसान्तमा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ४२ करोड डलर थियो।

यस्तै, ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई ०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। 

अमेरिकी डलरमा भने यस्तो सञ्चिति ०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा ०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई नौ अर्ब ४८ करोड कायम छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा ०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब एक अर्ब ६० करोड पुगेको छ।

–वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ।

–आयात १६.२ प्रतिशतले, निर्यात ३५.७ प्रतिशतले र कुल वस्तुको व्यापार घाटा १३.१ प्रतिशतले घटेको छ।

–विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.८ प्रतिशतले र अमेरिकी डलरमा ७.९ प्रतिशतले बढेको छ ।
–शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको छ।

–कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४८ करोड अमेरिकी डलर रहेको छ।

–संघीय सरकारको खर्च रु.२७८ अर्ब १७ करोड र राजश्व परिचालन रु.२०८ अर्ब ५८ करोड रहेको छ ।

– विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ।

– बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.४ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.३ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.४ प्रतिशत रहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १८:५४
  • #अर्थतन्त्र
  • #नेपाल राष्ट्र बैंक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्