• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

जुम्ला: गठबन्धनको भोट ताक्दै शाही र योगी, गोमालाई आफ्नै दलको असन्तुष्टिले अप्ठ्यारो

64x64
गोविन्द देवकोटा बिहीबार, मंसिर १, २०७९  १४:०१
1140x725

काठमाडौं– निर्वाचनमा होस् या अन्य राजनीतिक घटनाक्रममा जुम्लाबारे राजधानीमा खासै चर्चा हुँदैन। तर, यसपटक भने अवस्था भिन्न छ। देशका केही चर्चित क्षेत्र मध्ये एक जुम्ला।

भ्रष्टाचारविरुद्धको अभियानबाट चर्चित भएका ज्ञानेन्द्रबहादुर शाही यसपाली प्रतिनिधि सभाका लागि राप्रपाबाट जुम्लामा उम्मेदवार छन्। यस्तै एमालेबाट युवा नेता रतननाथ योगी छन् भने गठबन्धनबाट गोमा गौतम कुँवर छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा अहिले तीनै उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ। 

२०७० को चुनावपछि समानुपातिक सांसद हुँदै राज्यमन्त्री भइसकेकी कुँवर यसपटक प्रत्यक्षमा कर्णाली प्रदेशकै एक मात्र महिला उम्मेदवार हुन्। यता योगी पनि अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। एमालेको सम्भावना नै नभएको क्षेत्रमा गाउँपालिका अध्यक्ष जितेका योगीलाई पनि यसपटक जित्नसक्ने उम्मेदवारका रुपमा हेरिएको छ।

निर्वाचन इतिहासमा सायदै देशमा एक मात्र जिल्ला होला जुम्ला, जहाँ एउटै पदमा एकै अनुहार दोहोरिएको रेकर्ड छैन। यहाँका मतदाताले हरेक निर्वाचनमा उम्मेदवार फेर्ने गरेका छन्। यो क्रम पहिलो आम निर्वाचन २०१५ देखि चलिआएको छ।

प्रत्यक्षमा प्रतिनिधि सभाका लागि दाबेदार मानिएका तीनै जना यसपाली जुम्ली मतदातासमक्ष नयाँ अनुहार हुन्। चुनावी माहोल र सर्वत्र चर्चाका कारण ज्ञानेन्द्र शाहीले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन्। यता गोमा गौतम कुँवर पनि गठबन्धनबाट उम्मेदवार बनेकाले आफूले जित्ने बताउँदै आएकी छन्। 

गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने जुम्लामा गठबन्धन सबैभन्दा बलियो छ। पहिलो कांग्रेस, दोस्रो माओवादी र तेस्रो एमाले। राप्रपाको भने संगठन निकै कमजोर छ। स्थानीय तहको मत हेर्दा जुम्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको ३६ हजार ३५९ मत हो। तर, अहिले समाजवादीका अधिकांश नेताहरु एमालेमा फर्किसकेकाले ६ हजारजति मत एमालेमा जोडिएको अनुमान गरिएको छ। एमालेको भने स्थानीय तहमा प्राप्त मत ८ हजार १९१ हो।

निर्वाचन इतिहासमा २०४८ सालको निर्वाचनमा नेमकिपाबाट डिल्लीबहादुर महतले जितेका थिए। पछि उनी एमालेमा प्रवेश गरे। यस्तै २०५१ मा पनि नेमकिपाबाटै भक्तबहादुर रोकाया निर्वाचन भए। संसद्मा पुगिसकेपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे। यस्तै २०५६ सालमा एमालेबाट देविलाल थापा निर्वाचित भएका थिए। 

२०६४ मा भने नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नरेश भण्डारी निर्वाचित भए। २०७० को निर्वाचनमा उनी वैद्य माओवादीतिर थिए। त्यसबेला गजेन्द्रबहादुर महतलाई हराउन उनै भण्डारीले भूमिका खेलेका थिए। २०७० मा कांग्रेसबाट ललितजंग शाही निर्वाचित भए, जो अहिले प्रदेश सभामा गठबन्धनबाट उम्मेदवार बनेका छन्। यस्तै २०७४ मा एमाले–माओवादीबाट साझा उम्मेदवार बनेका माओवादीका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए। 

Ncell 2
Ncell 2

सार्वजनिक रुपमा संसदीय राजनीतिमा अब नलाग्ने घोषणा गरे पनि महत फेरि दोहोरिन चाहेका थिए। तर, यसपाली उनले टिकट नपाएपछि गठबन्धनविरुद्ध नै केही समयअघिसम्म सामाजिक सञ्जालमा तुष पोखेका थिए।

युवाको भरमा ज्ञानेन्द्र शाही 
ज्ञानेन्द्र शाहीको माहोल देखेर जिल्लामा मात्रै होइन, केन्द्रसम्म पनि दलका नेता झस्किएका छन्। युवामाझ ज्ञानेन्द्र शाहीको माहोल देखेपछि चुनावी सभालाई सम्बोधन गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाहीलालाई लक्षित गर्दै प्रेतआत्मालाई नजिताउन आह्वान गरे। 

यतिबेला जिल्लाका अधिकांश चियापसल र चोक–चोकमा शाहीकै बारेमा चर्चा हुने गरेको छ। गठबन्धन र एमालेकै नेताहरुले पनि शाही राप्रपाबाट उम्मेदवार नभएर स्वतन्त्र उठेको भए सबै दल मिलेर पनि रोक्न नसकिने अभिव्यक्ति दिदा ज्ञानेन्द्र झन् हौसिएका छन्। 

Gyanendra_Shahi_jumla1668672808.jpg

‘जुम्ली मतदाता विकास र समृद्धि देख्न चाहन्छन्। उनीहरुलाई युवा नेतृत्व चाहिएको छ। त्यसैले पनि यसपटक जुम्ली मतदाता मेरो साथमा छन्’, शाही भन्छन्, ‘म दलको भन्दा पनि जुम्ली जनताको उम्मेदवार हुँ।’

उसो त शाहीले पनि आफ्नो प्रचारका क्रममा पार्टीको नाम कमै लिन्छन्। भलै उनी पार्टीबाट उम्मेदवार बनेका छन्। तर, उनी स्वतन्त्र उम्मेदवारकै माहोल बनाएर चुनावी मैदानमा होमिएका छन्। संगठनका हिसाले हेर्ने हो भने जुम्लामा राप्रपाको एक हजारभन्दा बढी मत छैन। तर, युवा जमातले उनलाई पूर्ण रुपमा साथ दिने सर्वत्र चर्चा गरिएको छ।

सिँजा क्षेत्र उनको जन्मभूमि नै हो। त्यहाँ स्वभाविकै उनको पक्षमा माहोल बनेको छ। यता खलंगा क्षेत्रमा पनि उनले कांग्रेसका बागीसँग मिल्ने चर्चा गरिएको छ। प्रदेश सभा १ मा सत्तागठबन्धनबाट कांग्रेसका ललितजंग शाही उम्मेदवार छन्। उनीविरुद्ध देवेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका छन्। देवेन्द्र शाही पनि युवामाझ लोकप्रिय नेता नै हुन्। खलंगा गठबन्धनको प्रभाव भएको क्षेत्र पनि हो। 

तर, यहाँ ‘एक भोट ज्ञानेन्द्र, एक भोट देवेन्द्र’ भन्ने नारा लगाइन थालिएको छ। यसो हुँदा ज्ञानेन्द्र शाहीका समर्थक युवाले प्रदेश सभामा देवेन्द्र शाहीलाई मत हाल्ने र प्रतिनिधि सभामा देवेन्द्र शाही निकट कांग्रेसका कार्यकर्ताले ज्ञानेन्द्र शाहीलाई भोट हाल्ने देखिन्छ। यसो हुँदा प्रदेश सभा र प्रतिनिधि सभा दुवैमा गठबन्धनले गुमाउन सक्ने अवस्था निम्तिन सक्छ। प्रदेश सभाका उम्मेदवार बनेका ललितजंग शाही प्रतिनिधि सभा सदस्य हुँदा काम गर्न नसकेको भन्दै आलोचित हुँदै आएका थिए। दोस्रो माओवादीले पनि शाहीलाई पूर्ण रुपमा विश्वास गरिसकेको अवस्था छैन। 

गठबन्धनभित्रको अन्तरद्वन्द्वको लाभ उठाउने दाउमा योगी
जुम्लाको राजनीतिक वृत्तमा नेताहरुको चर्चा हुँदा राजनीतिक खेलाडीका रुपमा योगीको चर्चा गरिन्छ। २०७४ को स्थानीय तह निर्वाचनमा एमालेको सम्भावना नै नभएको ठाउँमा गाउँपालिका अध्यक्ष जितेका योगीले यसपटक पनि पुरानै ‘ट्याक्टिस’ लगाउने अनुमान गरिएको छ।

Ratan_nath_yogi_jumla1668672819.jpg

गत स्थानीय तहको निर्वाचनमा एमालेको जम्मा ८ हजार मत हो। अहिले समाजवादी आउँदा त्यसमा ६ हजार थपिएको अनुमान गरिएको छ। गठबन्धनभित्र अन्तरद्वन्द्व कायमै रहेकाले त्यसको फाइदा उठाउने दाउमा छन् योगी। गठबन्धनको अधिकांश भोट ज्ञानेन्द्र शाहीले काट्ने र एमालेको सिंगो भोट आफूलाई आउने भएकाले पनि योगीले प्रतिनिधि सभाको सिट सुरक्षित मानेका छन्। 

व्यक्तिगत रुपमा पनि अन्य दलका नेताहरुसँग योगीको सम्बन्ध राम्रो रहेको छ। त्यसै कारण पनि गठबन्धनभित्रको असन्तुष्ट समूहले सहयोग गर्नेमा उनी विश्वस्त छन्। ज्ञानेन्द्र शाहीले कांग्रेसको भोट तान्ने र गठबन्धनको केही भोट मात्र आफूलाई आए एमालेको सिंगो मतसहित विजयी हुने योगीको दाबी छ।

माओवादीका फरक–फरक समूहले अप्ठ्यारोमा गोमा
गठबन्धनको सिंगो भोट आए त गोमाको जित सुनिश्चित नै हो। तर, यसपटक अवस्था भिन्न छ। पछिल्लो माहोल हेर्दा सबैभन्दा बलियो गठबन्धनकी उम्मेदवार गोमा ‘रेड जोन’मा देखिएकी छन्। 

माओवादीभित्र २०७० दोहोरिने त्रास छ। यसपटक प्रतिनिधि सभामा दोहोरिने नरेश भण्डारीको प्रयास माओवादीको संस्थापन पक्षले विफल पारिदिएको छ। त्यसैको बदला चुनावमा लिनसक्ने अनुमान गरिएको छ। 

Goma_gautam_kunwar1668672950.jpg

पछिल्लो समय गठबन्धनका उम्मेदवारसँगै देखिए पनि भण्डारीका सुरुवाती अभिव्यक्ति हेर्दा उनले पूर्ण रुपमा गोमालाई सहयोग गर्छन् भन्ने विश्वास देखिँदैन। जुम्ला माओवादीमा स्पष्ट रुपमा माओवादीभित्र दुई धार छन्, एउटाको नेतृत्व भण्डारी आफैंले गरेका छन् भने अर्को गजेन्द्रबहादुर महतले। महत र गोमाको एउटै लाइन भए पनि महत अहिले निर्वाचनमा त्यति खुसी भएको लागेको देखिँदैन। 

त्यसैले पनि भण्डारीको प्रभाव क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई अपेक्षाकृत मत आउनेमा आशंका नै छ। यस्तै, अर्का हुन् मनऋषि धिताल। उम्मेदवार छनोट गर्ने दिन गोमाभन्दा धितालको नाम अगाडि आएको थियो। स्थानीय राजनीतिमा त्यति प्रभावशाली नभए पनि धितालको पकडका केही मत छन्। पाएको टिकटसमेत खोसिएका धितालले खुलेरै गोमालाई समर्थन गरेका छैनन्। 

गठबन्धनमा कम मत आउने अर्को कारण हो गोमा पति सुरेश कुँवर ‘प्रकरण’। गत स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका सुरेशले हार व्यहोरे। त्यसको अपजस त छँदैछ, त्यसमाथि जिल्ला संयोजक भएर पनि सबैलाई समेट्न नसकेको आरोप लाग्दै आएको छ। उनको आफ्नै गाउँपालिकामा पनि सुरेशप्रतिको धारणाको असर गोमालाई पर्न सक्छ। 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १४:०१
  • #चुनाव_२०७९
  • #रतननाथ योगी
  • #गोमा गौतम कुँवर
  • #ज्ञानेन्द्र शाही

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई आयाेगकाे निर्देशन आयोगको सोमबार बसेको बैठकले घोषणापत्र पेस गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो । मंगलबार, माघ २७, २०८२
एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए निर्वाचन आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्ल्यान, सुर्खेत, बाजुरा, अछाम, ब... मंगलबार, माघ २७, २०८२
४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म डो... मंगलबार, माघ २७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकपः दुई सुपरओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित बुधबार, माघ २८, २०८२
धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारले रास्वपा प्रवेश गरे ! बुधबार, माघ २८, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
पाकिस्तान भारतविरुद्ध खेल्न तयार मंगलबार, माघ २७, २०८२
टी–२० विश्वकप: यूएईविरुद्ध न्युजिल्यान्डद्वारा १० विकेटको सनसनीपूर्ण जित मंगलबार, माघ २७, २०८२
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्