• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचनको संघारमा चिनियाँ उच्चस्तरीय टोलीको भ्रमण, नेपालमा चीनको सक्रियता झन् बढेको हो?

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २, २०७९  ०६:२४
1140x725
ली चुन (फाइल तस्बिर)

काठमाडौं– शुक्रबार काठमाडौं उत्रिएका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन आफ्नो ५ दिने भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन्। गत महिना सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाअधिवेशनपछि चिनियाँ पक्षको यो उच्चस्तरीय भ्रमण हो। 

नेपालको निर्वाचनको मुखैमा आएको चुन नेतृत्वको भ्रमण टोलीले औपचारिकरुपमा उच्चस्तरिय भेटवार्ता भने गरेन। चुनको भ्रमणलाई नेपाल सरकारले सहमति प्रदान नगरेका कारण उनी अनौपचारिक गतिविधिमा सहभागी भएर स्वदेश फर्किएका हुन्। 

नेपाल सरकारको तर्फबाट उक्त भ्रमण स्थगित गर्न अनुरोध गरिएको थियो। चिनियाँ पक्षले भ्रमणलाई अनौपचारिक र संस्कृतिक बनाउने भने पछि भ्रमण स्वीकृत गरिएको परराष्ट्र स्रोतले बताएको छ। चुन उपत्यकाका सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेर स्वदेश र्फकिएका छन्। उनले वसन्तपुरस्थित नौ तले दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र संग्रहालय र स्वयम्भू लगायतका सम्पदाको अवलोकन गरेका थिए। 

निर्वाचनको पूर्वसन्ध्यामा भएको चिनियाँ पक्षको यो भ्रमण अर्थपूर्णरुप रहेको परराष्ट्र मामिलाका जानकारहरुको बुझाइ छ। भारत, अमेरिका र युरोपियन युनियन लगायतका देशहरुकै चासोका बीचमा चिनियाँ चासो पछिल्लो समय बढेको  चुनको भ्रमणले देखाएको उनीहरुको तर्क छ। परराष्ट्र मामीलाको विषयमा अनुसन्धान गर्ने एक अनुसन्धनदाता नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश  फर्किएपछि आएको चुन नेतृत्वको भ्रमण टोली सन्देशसहित आएको बताउँछन्। उनीसँगै आएको एक समूहलाई नेपालमै केही समय बस्ने गरी राखिएको स्रोतके दाबी छ। उक्त टोली निर्वाचन परिणामपछि सरकार बन्ने प्रक्रिया सुरु भएपछि फर्किने छ। उक्त समूहले अनौपचारिक रुपमा राजनीतिक भेटघाट गरिरहेको ती अनुसन्धानदाताको दाबी छ। 

नेपालको राजनीतिक मामिलामा भारत खुला रुपमै संलग्न हुने गरेको चर्चाका बीच चीनले पनि पछिल्लो समय नेपाल केन्द्रित आफ्ना गतिविधिलाई बढावा दिइरहेको छ। पछिल्लोपटक २०७४ सालको निर्वाचनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणमा चिनियाँ सक्रियता खुला रुपमा प्रकट भएको थियो। तत्कालीन नेकपाको आन्तरिक विवाद समाधानमा पनि चिनयाँ पक्ष खुलेरै सक्रिय भएको थियो, तर नेकपा एकता भने जोगिएन। 

भूराजनीतिका जानकार चन्द्रदेव भट्ट पनि निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ पक्षको मन्त्रीस्तरीय भ्रमण हुनु आफैंमा अर्थ राख्ने बताउँछन्। नेपाल लाइभसँगको कुराकानीमा भट्टले भने, ‘चिनियाँ पक्षले पछिल्लो समयमा नेपालमा लगानी र चासो बढाएको छ। मेरो विचारमा चीनमा सी चिन फिङ पुन: सत्तामा दोहोरिने तय भएपछि चीन नेपालमा हुन गइरहेको निर्वाचन र त्यसपछि बन्ने सरकारको बारेमा सुक्ष्म अध्ययन गरिरहेको हुन सक्छ।’

चीनले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा आफनो सहयोगमा सञ्चालित परियोजनाहरुको अवलोकन गर्न यो भ्रमण भएको बताएका छ। तर योस्तरको भ्रमण, निर्वाचनको पूर्वसन्ध्यामा त्यतिमा मात्र केन्द्रित होला जस्तो नलाग्ने भट्टले दाबी गरे। नेपालमा यो टोलीले को–कोसंग भेट्यो वा कहाँ–कहाँ गयो भन्ने भन्दा पनि अहिले उनीहरुले भ्रमण गर्नु नै एउटा सन्देश रहेको भट्टको भनाइ छ। 

सरकार तथा वर्तमान सतागठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस र त्यसमा पनि परराष्ट्र मन्त्रीले नै यो भ्रमण रोक्न चाहेको विषयले निर्वाचनको मुखमा भूराजनीतिक महत्त्व राख्ने भ्रमण नहोस् भन्ने सरकारी चाहना देखिएको भट्टले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपाली कांग्रेस र उसैको नेतृत्वमा रहेको सरकारले निर्वाचनको बेला भूराजनीतीक महत्त्व राख्ने भ्रमण नहोस् भन्ने चाहेको देखिएको बेला चिनियाँ टोली नेपाल आएर फर्केको छ,’ भट्टले भने, ‘यसले चीनको भूराजनीतिक महत्त्वमा नेपाल महत्वपूर्ण छ भन्ने पनि सन्देश प्रवाह गरेको छ।’

परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई चीन र भारतको मात्र नभएर अमेरिकाको पनि यो निर्वाचनमा उत्तिकै चासो रहेको बताउन्छन्। 

‘चीन र भारतको मात्र होइन, अमेरिका लागयत अन्य मुलुकको पनि चासो छ,’  नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले भने, ‘अरुको तुलनामा भारत र चीन सँगसँगै जस्तो देखिएका छन्।’ 

भट्टराई अघिल्ला निर्वाचनमा जस्तो मुखररुपमा कसैको दौडधुप भने नदेखिएको बताउँछन्। निर्वाचन पछिको सत्ता समिकरण स्पष्ट नभएकोले पनि यस्तो भएको उनी बताउँछन्।

त्यस्तै, परराष्ट्र मामिलाका ज्ञाता डा निश्चलनाथ पाण्डे निर्वाचनका बेला अन्य राष्ट्रका प्रतिनिधिहरुको नेपालमा दौडधुप हुने बताउँछन्। ‘चुनावको बेलामा सबै राष्ट्रहरुको नोपलमा प्रतिस्पर्धा हुने देखिएको छ। चुनावपछि एउटै दलको एकमना (सरकार) बन्ने सम्भावना छैन,’ पाण्डेले भने, ‘यसैले देखिने गरी वा नदेखिने गरी विदेशीको दौडधुप बढेको हुन्छ।’

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन अघि शृखंलाबद्ध रुपमा चीनको उच्चस्तरीय भ्रमण भएको थियो। भदौमा चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सु नेपालका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल आएका थिए।

त्यसअघि असारको अन्तिमतिर चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला विभागका प्रमुख लिउ जियान चाओ नेपाल आएका थिए। विदेश विभागको नेतृत्वमा आउनेवित्तिकै लिउले पहिलो भ्रमण नेपाल गर्दा उच्च महत्त्वका साथ हेरिएको थियो। राष्ट्रपति सीले तेस्रो कार्यकालका लगि नेतृत्व लिएपछि भने चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  ०६:२४
  • #चुनाव_२०७९
  • #चिनियाँ सक्रियता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्