• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी

रुपन्देही १ मा पूर्वसहकर्मीको भिडन्त: बलिया छविलाललाई स्वतन्त्र घनश्यामको चुनौती

64x64
प्रतिक पौडेल बिहीबार, मंसिर १, २०७९  १९:४४
1140x725

रुपन्देही- एउटै पार्टीमा बसेर ३ दशक बढी सहकार्य गरेका नेता हुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा। विद्यार्थीकालदेखि राजनीतिमा होमिएका भुसाल एमालेको उपमहासचिवसम्म भए। एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रीय सचिवमा निर्वाचित भए।

यी दुई नेताको व्यक्तिगत सम्बन्ध सुमधुर छ। अहिलेसम्म एक-अर्कालाई आक्षेप लगाएका छैनन्। विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनी भलिबलका पूर्वखेलाडी हुन्।

भुसाल वामपन्थी वैचारिक नेता पनि मानिन्छन्। यसअघिको एमालेको महाधिवेशनले उनकै अगुवाइमा स्थापित नीति समेत पारित गरेको थियो। ‘दुर्भाग्य नीति एउटाको, नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र वामपन्थी पार्टी नीति विनाको हुँदै गयो,’ आइतबार रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भने।  

झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठिक भए पनि केपी ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हावी हुँदा एमाले सही ट्र्याकमा हिंड्न नसकेको उनले सुनाए।

एमाले स्थायी कमिटी सदस्यसमेत भइसकेर पार्टी परित्याग गरेका भुसालले रुपन्देही- १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई सत्ता गठबन्धन दलहरुले समर्थन गरेका छन्। उनी त्रिभुज चुनाव चिह्न लिएर मैदानमा छन्।

यही निर्वाचन क्षेत्रबाट उनै भुसालसँग एमालेमा रहँदा तीन दशक बढी सहकार्य गरेका एमाले सचिव विश्वकर्माले पनि उम्मेदवारी दिएका छन्। तीन दशक लामो मित्रता उनीहरुबीच प्रतिस्पर्धीका रुपमा देखिएको छ।

वैचारिक एवं मार्क्सवादका ब्याख्याता नेता भुसाल र विश्वकर्मा आमने-सामने हुँदा कसले निर्वाचन जित्ला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन्। तर भुसालले पछिल्लो समयमा राम्रो जनसमर्थन पाएका छन्। यसबाट उनी उत्साहित छन्।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन् भने विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन्। २०७४ को निर्वाचनमा भुसाल क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित हुँदा विश्वकर्मा क्षेत्र नम्बर एकबाट निर्वाचित भएका थिए। त्यतिबेला वाम गठबन्धन भएकाले उनीहरुले सहज जित निकालेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०३८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका भुसाल पूर्व कृषिमन्त्री हुन्। विश्वकर्मा खेलाडी जीवनबाट २०४६ पछि एमालेमा लागेका नेता हुन्। उनी पनि पूर्व कृषिमन्त्री भइसकेका छन्। विश्वकर्मा एमाले राजनीतिमा आएपछि भुसाल र उनको सम्बन्ध राम्रो छ।

२०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए। भुसाल विश्वकर्माभन्दा एक दशक पहिलाबाट नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्।

भुसालले विभिन्न आन्दोलनमा होमिँदै गर्दा पटक-पटक गरी दुई वर्ष ५ महिना जेल जीवन बिताएका छन्। तर विश्वकर्माले जेल जीवन भने बिताउनु परेको छैन।

विश्वकर्मा २०७४ को निर्वाचनमा रुपन्देही- १ विजयी भएका थिए। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा २०७० मा विश्वकर्मा पराजित भएका थिए। वाम गठबन्धनबाट २०७४ मा सहज जित निकालेका विश्वकर्मालाई यस पटक भने भुसाल चुनौती बन्ने देखिन्छ।

Xtrem

Xtrem

२०७४ मा राप्रपाका नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा भएको थियो। भुसाल वाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई कांग्रेसको समर्थन थियो। तर भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए। भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए।

२०७४ को निर्वाचनमा नै क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्न चाहेका भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण टिकट पाएनन् र ३ बाट उठे। अहिले पार्टी परित्याग गरेपछि १ बाट उम्मेदवार भएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीगत रुपमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो छ। तर अहिले सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसको ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपाको ३२५ मत छ। दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमा विश्वकर्मा बलिया देखिन्छन्।

स्थानीय तहको मतका आधारमा विश्वकर्मा बलिया देखिए पनि भुसालले पार्टी परित्याग गरेका कारण करिब ५ हजार मत प्रभावित भएको बताइन्छ। लामो समय रुपन्देही र त्यसमा पनि क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएर एमालेमा राजनीति गरेका भुसालले एमालेको मत तान्ने अनुमान गर्न सकिन्छ। 

भुसालका यसअघि संसदीय सम्पर्क कार्यालयका प्रमुख रही काम गरेका उनका सहयोगी मनोजकुमार रिजाल एमालेको ८/१० हजार मत प्रभावित हुने बताउँछन्। 

‘घनश्याम भनेको राजनीतिक इमान, वामपन्थी नीति र एउटा ब्राण्ड नै हो’, रिजालले भने, ‘उहाँले एमाले छाड्दा वित्तिकै धेरै मत प्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ।’ भुसाल उम्मेदवार भएपछि धेरै एमालेका जिल्ला र स्थानीय स्तरका नेता-कार्यकर्ताले भित्रभित्रै स्वस्फूर्त रुपमा भुसालको प्रचारप्रसार गरिरहेका छन्। जसले गर्दा पनि भुसालको जितमा कुनै अप्ठ्यारो नहुने रिजालको तर्क छ।

‘राजनीतिक हाइट, लगाव, इमान्दारिता सबैमा उच्च तहमा उहाँ (भुसाल) हुनुहुन्छ’, रिजालले भने, ‘यसले पनि जितको बाटो सहज गराएको छ।’  गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहज हुने दावी भुसालपक्षीय नेताहरुको छ।

भुसाललाई जनसमर्थन राम्रो छ। एमालेमा विद्रोह छ भने धेरै नेता-कार्यकर्ता भुसालतिर लागेका छन्। अर्कातिर गठबन्धनको पनि साथ छ। यस कारण पनि भुसाल उत्साहित देखिएका छन्।

देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका क्षेत्र नम्बर १ मा पर्छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १९:४४
  • #प्रतिस्पर्धी
  • #घनश्याम भुसाल
  • #छविलाल विश्वकर्मा
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ट्रम्प सरकारलाई अदालतको झट्का, ३ मिडियालाई ह्वाइट हाउस प्रवेश खुला बिहीबार, असोज ८, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात, बाढी प्रभावितका लागि १ अर्ब निकासा बिहीबार, असोज ८, २०८३
समानान्तर महाधिवेशनका लागि देउवा समूहको पनि तयारी तीव्र, ४८ जिल्लामा संयोजक तोकिए बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्