• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
‘जेनेरेसन गगन’ मा टिकेको आशा
64x64
डिबी खड्का बुधबार, कात्तिक ३०, २०७९  २०:५२
1140x725

काठमाडौं– ‘सरकार वा नेताले जनताको ताउलोमा चामल हालिदिने होइन, चामल जुटाउने वातावरण बनाइदिनु पर्‍याे’, रुपन्देहीको तिलोत्तमामा खाजाघर चलाइरहेका चक्र न्यौपानेले भने। देशमा चुनाव छ,  नेताले ’उत्सव’ भनिरहेका छन्। तर चक्रहरुमा त्यसको न्यानोले छोएको छैन। उनी थप्छन्,  'जो नेताप्रति आशा छ, उनीहरु पार्टीभित्रै संघर्ष गर्दैछन्। जसले केही गर्दैनन्, उनीहरु दोहोरिएको दोहोरियै छन्।’

पार्टीभित्र संघर्ष गरिरहेको भन्दै उनले संकेत गरेको राजनीतिक पुस्ता हो, ‘जेनेरेशन गगन’ अर्थात् गगन थापा पुस्ता। २०६२-६३ को आन्दोलनले जन्माएको हो यो पुस्तालाई। विभिन्न राजनीतिक पार्टीमा रहेको यो पुस्ताको नेतृत्व गगनले गरिरहेका छन्। पार्टीभित्र जबर्जस्त हस्तक्षेप गरेर महामन्त्री बनेका उनी आगामी मंसिर ४ को निर्वाचनपछि प्रधानमन्त्री बन्ने सपना होइन,  तयारीसहित चुनावी मैदानमा छन्।

अघिल्लो पुस्ताले सपना देखायो र सपना देख्यो। तर, सपनालाई यथार्थमा परिणत गर्ने तयारी गरेन। त्यही कारणले देशको अवस्था यस्तो बनेको महसुस थापालाई छ। त्यसैले उनले  अनौपचारिक रुपमा पाँच वर्षअघि (औपचारिक रुपमा ०७७ पुष १) गते ’प्रोजक्ट गभर्नमेन्ट’ थालेका हुन्। यसबारे थापा भन्छन्,  ’प्रधानमन्त्रीले के गर्ने भन्ने थाहै हुँदैन, किनभने तयारी नै गरेको हुँदैन। नेताहरुले चुनावसम्मका लागि तयारी गरेका हुन्छन्। चुनाव जितिसकेपछि के गर्ने तयारी हुँदैन। इच्छा हुँदैन भन्ने होइन, हुन्छ। हुटहुटी पनि हुन्छ, तर तयारी नहुँदा पूरा हुँदैन।’

त्यसकारण उनीसँगै विज्ञ समूहले लगातार प्रधानमन्त्री बनिसकेपछि देशका निम्ति गर्ने कामका लागि योजना बनाइरहेको छ। काम गर्न मात्र होइन, आफ्ना कुरा अभिव्यक्त गर्नसमेत पूर्वतयारीलाई महत्व दिने गगनको यो स्वभाव नयाँ पुस्ताको पहिचान हो। त्यही पहिचानले नेपालको वर्तमान राजनीतिक माहोलबाट आजित आमजन गगनलाई नियालिरहेका छन्। किनभने उनीसँगै सडकमा रगत बगाएका अन्य पार्टीका नेताहरु सांसदको टिकट लिनै संघर्ष गरिरहेका बेला भावी प्रधानमन्त्रीका लागि उनी चुनावी मैदानमा छन्। आउने पुस्ता त आशावादी हुने नै भयो, गएको पुस्ताको समेत उनीप्रति भरोसा छ। 

‘लोकतन्त्र बाजे’ का रुपमा पहिचान बनाएका मोरङ बेलबारीका खगेन्द्रप्रसाद अधिकारी भन्छन्, ‘अब देउवा मलाई त्यति भरपर्दो प्रधानमन्त्री हुन्छन् जस्तो लाग्दैन। गगनहरुलाई अगाडि सार्नुपर्छ। देउवाले बिसाउनुपर्छ।’

भनिन्छ, प्रश्न नगर्ने समाजमा लोकतन्त्र संस्थागत हुन सक्दैन। र, आज गगन त्यो ठाउँमा उभिएका छन् जसलाई आमनागरिकले आफ्ना निराशा, आलोचना, आक्रोश र आवेगहरु पोख्न सक्छन्। पोखिरहेका पनि छन्। प्रश्नहरु गगनका पनि प्रिय कुरा हुन्। पार्टीमा,  संसद्मा र सडकमा उनी लामो समयदेखि प्रश्नसहित उभिए। 

Ncell 2
Ncell 2

आज अवस्था यस्तो छ, राजनीतिमा चरम निराशाको अवस्था देखापर्दा सबैको आँखा गगनमाथि सोझिन्छन्। जवाफको आशासहित गगनलाई प्रश्न गर्छन्। अभिनेत्री केकी अधिकारीले कोभिडकालमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापालाई प्रश्न गरेकी थिइन्। केकीको प्रश्नलाई गगनले आत्मसात् गरेर उत्तर दिए। त्यहीँबाट थप प्रभावित केकी अहिले गगनका पक्षमा माहोल बनाइरहेकी छिन्। हालसालै सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले भनेकी छिन्,  ’कोभिड महामारीमा सामाजिक सञ्जालमा मैले प्रश्न गरेकी थिएँ। मेरो प्रश्नको उत्तर दिनुभएको थियो। कठिन समयमा असल जनप्रतिनिधिका रुपमा देखाएको संघर्ष र साहस मलाई मन परेको छ।’

पछिल्लो समय थप केही प्रश्न बढेका छन्। ती प्रश्न उनी आफैंले कमाएका हुन्। देश संकटमा परेका बेला उनले लोकप्रियता होइन, समाधान खोज्न लागिपरे। पार्टीको मुख्य नेतृत्वलाई त्यो जस–अपजसको बाढीमा हेलिन दिएर किनार रोज्न सक्ने सुविधा थियो। तर, उनी आफैं जंघार तरे। जस–अपजस टाउकोमा बोकेर हिँडे।

  

धेरैले गगनका विभिन्न विषयमा आलोचना गर्छन्। कतिले विरोध पनि गर्छन्। केहीले आक्रोशसमेत पोख्छन्। यस्तो गर्नुको कारण उनीबाट जवाफदेहीता आशा गर्छन्। स्वास्थ्य, शिक्षा, विकास, सुशासन, निर्माण, नीतिनियमलगायत जनताको जीवनसँग जोडिएका यस्ता सवालहरु हुन्नन्, जहाँ गगनलाई प्रश्न नसोधिएको होस्। हरेक प्रश्न उनीप्रति आशा बोकेर तेर्सिरहेका हुन्छन्। 

shivam cement

shivam cement

‘उहाँको लोभलाग्दो लोकप्रियता देखिन्छ। त्यो तहको लोकप्रियता हासिल गर्न र त्यसलाई कायम राख्न ठुलै खटाइ, त्याग र समर्पणले मात्र सम्भव हुने रहेछ,’ गगनको चुनावी अभियानमा होमिएका युवा राघवकृष्ण गौतम भन्छन्।
गगनले गणतन्त्रको लागि बुलन्द आवाज उठाउँदा नजन्मिएको पुस्ता आज नेपालमा मतदाता भइसकेको छ। तर त्यो पुस्ताले पनि आज किताबमा करको मुद्दामा बोल्दा गगनलाई नै खोज्छन्।  जेनेरेसन गगन अभियानकर्मीहरु यसो हुनुमा रत्तिभर आलस्य नभई निरन्तर जनताको मुद्दामा बोल्नु र त्यसको अगुवाइ गर्नुलाई ठान्छन्। ’मुद्दाहरु बदलिए होलान्। कतिपय अजेण्डा बदलिए होलान्। तर नेताको रुपमा गगन थापाको सान्दर्भिकता भने घटेको छैन। आज पनि देशको जुनसुकै भेगमा कुनै अन्यायका घटना भयो भने सम्झने नाम हो गगन,’  उनका सल्लाहकार प्रताप पौडेलले भने।

बढेको स्वीकार्यता 

अहिले चुनावी सरगर्मी बढ्दै जाँदा गगन थापाको पक्षमा सबै पुस्ताका व्यक्तिहरुले खुलेरै समर्थन गर्न थाल्नु उनको बढ्दो स्वीकार्यताको एउटा उदाहरण हो। 

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गगनको पक्षमा खुलेरै बोले। उनले गगनलाई एउटा सक्षम, जनप्रिय, जनताको साथमा काम गर्ने भावना भएको र उच्च विद्रोही स्वभावको नेताको संज्ञा दिए।

गगनले विगतमा गरेको कामबाट प्रभावित भएर भविष्यमा समेत भरोसा गर्न सकिने बताउनेहरुको संख्या बढ्दो छ। कुशल चिकित्सक मात्रै होइन, स्वास्थ्य क्षेत्रका नीति निर्मातासमेत रहेका डा भगवान कोइराला थापा स्वास्थ्यमन्त्री भएका बेला काम गर्न सहज हुनुका साथै दीर्घकालीन नीति लिइएको बताउँछन्। 

अर्थविद्का रुपमा अग्रपंक्तिमा नाम लिइने डा स्वर्णिम वाग्लेलगायतको समेत गगनमा भरोसा छ। उनले हालै एउटा कार्यक्रममा गगन आफ्नो पनि नेता भएको बताए। उनले थपे,  ’गगनसँग जुन भिजन छ, टिम छ, हामीहरुजस्ता मान्छे आबद्ध छौं– त्यो अलायन्सले यो देशलाई देखिनेगरी ५ वर्षभित्रमा नै हामीले एउटा मोमेन्टम ल्याउँछौं। आर्थिक समृद्धि, समन्यायिक न्यायका सिद्धान्त र मुख्यतः हामी बिक्दैनौं। हामीलाई कसैले किन्न सक्दैन। हामीलाई कसैले म्यानीपुलेट गर्न सक्दैन। हामी कसैको गोटी बन्दैनौं, किनकि हामी आफैं सक्षम छौं।’

राजनीतिक विश्लेषक हरि शर्माले बढ्दो राजनीतिक वितृष्णा र निराशालाई चिर्न मात्र नभई जुनै जाेगी आए पनि उस्तै भन्ने सोच परिवर्तनको लागि समेत गगन लगायतका नेताको विजय आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन्। 

गगनसँगै कांग्रेसको महामन्त्री बनेका ‘लोकप्रिय’ नेता विश्वप्रकाश शर्माले समेत भावी प्रधानमन्त्रीका रुपमा उनलाई प्रस्ताव गरेका छन्। शर्माको यो प्रस्ताव अर्थपूर्ण छ। कार्यकारी भूमिकाका हिसाबले पार्टीको दोस्रो तहमा निर्वाचित दुवैजना एक ठाउँ उभिएका छन्। परिवर्तनको संवाहक मात्रै होइन,  देशको भविष्य बोकेको सिंगो पुस्ताको एकीकृत चाहना नै शर्माको भनाइमा झल्किन्छ।

यसरी निरन्तर स्वीकार्यता बढ्नुमा धेरै कारणहरु रहेको थापाका सल्लाहकार प्रताप पौडेलको भनाइ छ। ’गगन थापा र नरहरि आचार्यले गणतन्त्रका लागि आवाज उठाउँदा हजुरबुबा पुस्ताहरुसमेत प्रभावित हुनुभएको थियो। त्यहाँदेखि यसअघि केपी ओलीले संसद् विघटन गर्दा गगन थापाको भूमिका हेरिसकेपछि धेरैजसोको विचार थियो उनकोे ’स्पिरिट’ उही रहेछ। शायद निरन्तरको जनपक्षीय अडान नै गगनप्रतिको भरोसाको खास कारण हो,’ पौडेलले बताए। 

गगनले प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा होमिएको सबैलाई मनपर्ने कुरा भएन। पार्टीकै कतिपय नेताहरुले त्यसको खण्डन गरेर ‘पालो पर्खिन’ भनिरहेका छन्। कतिपयले ‘हतार’ भनेका छन्। पौडेलसँग यसको जवाफ छ,  ’चुनाव लडेर दोस्रो बेञ्चमा (महामन्त्री) भइसकेको मान्छेले पहिलो बेञ्चमा आउने प्रयत्न गर्नु कसरी हतार भयो?’

दुई दशक राजनीतिक मागका सन्दर्भमा मात्र होइन, सामाजिक आन्दोलनहरुमा समेत आफूलाई अग्रभागमा राख्न सफल नेता हुन् गगन। डा गोविन्द केसीको अनसन होस् वा ‘इनफ इज इनफ’ अभियान, बलात्कार पीडितको न्यायका आवाज होस् वा दलितमाथि भएको विभेदका आन्दोलन सबैले खोज्ने एउटा नेताको पहिचान उनले बनाइसकेका छन्।

यी सबैको एउटा मुख्य विषय हो, गगनको उदय प्रक्रिया। उनको उदय लोकतन्त्रको भट्टीमा भएको हो। उसका तमाम प्रक्रियाको उपभोग गरेर अगाडि बढेका हुन्। त्यसमा आफ्नो क्षमता देखाएका हुन्, आशा र विश्वास दिलाएका हुन्। लोकतन्त्रको भ(याङ चढेरै अगाडि बढ्नसक्ने आत्मविश्वास छ,  सपना छ। उनले विगतका निर्णयप्रति पछुताउनुपर्ने छैन। त्यसैले उनको स्वीकार्यता आन्तरिक र बाह्य दुवैमा छ।

जम्मा एकपटक र प्रमाणित

देशका लागि गर्ने ठाउँमा गगन थापा जम्मा एकपटक पुगे। जम्मा ९ महिना स्वास्थ्यमन्त्री बने। ९ महिनामा उनले केही तुरुन्तै देखिने काम गरे। स्वास्थ्य बीमा देखिएको छ तर उनको परिकल्पनाअनुरुप यो सञ्चालित अझै भएको छैन। उनले परिकल्पना गरेको ‘एकीकृत स्वास्थ्य पूर्वाधार परियोजना’ उनको बहिर्गमनसँगै छायाँमा परेको छ। 

विशिष्ट व्यक्तिले पाउने उपचार खर्च नियन्त्रण, विपन्न नागरिक लक्षित कार्यक्रम विस्तार, अस्पतालमा सामाजिक इकाइ विस्तार त्यो समय धेरैले नोटिस गरेका थिए। 

मिर्गौलाको डायलाइसिस सेवा पूर्णतः निशुल्क गर्नुका साथै सेवा विस्तार र २०७४ वैशाख १ देखि पूर्णतः मिर्गौला प्रत्यारोपण निशुल्क हुने गरेको छ। 

सामुदायिक विद्यालयमा नर्सको व्यवस्था,  बाथ र मुटुरोगको निःशुल्क उपचार गगनका महत्वपूर्ण काम हुन्। नेपालमा कलेजो प्रत्यारोपणको सुरुवात गर्नसमेत महत्वपूर्ण सहयोग प्राप्त भएको शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ डा रमेशसिंह भण्डारी बताउँछन्। उनले भने,  ‘सन् २०१६ मा स्वास्थ्य मन्त्रीको रुपमा गगन थापा आउनुभयो। मैले उहाँलाई कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने चाहना छ, त्यसका लागि सहयोग चाहियो भनें। त्यसपछि कलेजो प्रत्यारोपण सेवा सुरु गर्नकै लागि भनेर ११ करोड बजेट पायौं।’ 

अनि बन्यो ‘जेनेरेशन गगन’ 

यही तथ्यलाई मनन गरेपछि ‘टिम गगन’ले अगाडि सारेको एउटा अभियान हो – ‘जेनेरेसन गगन’ अर्थात् गगन पुस्ता। यो अभियानलाई छोटकरी नाम दिइएको छ ‘जेन जी’। 

यो अवधारणाका बारेमा बताउँदै गौतम भन्छन्,  ‘आज युवाहरुको चाहना र गगनको कार्ययोजनामा तादात्म्यता छ। हरेक युवाले चाहना राखेको नेपाल बनाउन स्पष्ट भिजन उनीमा छ।’

गगनको अपिल युवाहरुमाझ मात्र सीमित नरहेको उनको बुझाइ छ। गगनबाट प्रभावित भएर उनलाई चुनावमा सघाउन दिनरात एक गरिरहेका गौतम थप्छन्, ’हामी हुर्कर्दैं गर्दा हाम्रा बुबाहरुले समेत आशालाग्दा नेताको रुपमा गगन थापा र नरहरि आचार्यजस्ता नेताहरुको नाम लिनुहुन्थ्यो। त्यसबेला हाम्रा हजुरबुबाहरुले समेत गगन थापाले त केही गर्लान् भन्ने सोच्नुभएको थियो।’

यसको अर्थ के भने विगत दुई दशक यता नेपालको राजनीतिमा सबै उमेर समूह, सबै खाले विचार, देशैभरका नागरिकहरुको विश्वास गगनमाथि रहेकाले यस्तो विम्ब प्रस्तुत गरिएको उनी बताउँछन्। 

‘नेपाली राजनीतिमा विगत दुई दशक खासगरी तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि केपी ओलीले संसद् विघटन गर्दासम्म एउटा मान्छे नेताको रुपमा सधैं चर्चामा छ उसका कामहरुले,’  गगनका सल्लाहकार प्रताप पौडेल भन्छन्। 

थापा संसद्मा बोले कि बोलेनन्? बाहिर बोले कि बोलेनन्? के बोले? कुन विषयमा बोले भन्ने विषयमा सवैको चासो हुने गरेको छ।

 

दुई दशक अजेण्डाहरुका हिसाबले राजनीतिको केन्द्रमा रहँदा एउटा नेताको अपिल एउटा पुस्तामा मात्र सिमित रहँदैन। मूलतः उसले पुस्ताहरु जोडेको हुन्छ । अजेण्डा र भिजनमा फरक पुस्ताका नागरिकहरुको सपना र चाहनाहरु सम्बोधन गरेको हुन्छ। यही तथ्यलाई समेटिएको एउटा अभियान हो – गगन पुस्ता । 

दुई दशकसम्म नेपाली राजनीतिमा आशाका हिसाबले, चर्चाका हिसाबले, अपेक्षाका हिसाबले, सबैले आशाले हेर्ने भनेको गगन नै हुन्। र उनको लोकप्रियताको ग्राफ उस्तै छ। 

‘१८ वर्षको युवा होस् वा ८१ वर्षको ज्येष्ठ नागरिक सबैको भरोसा अहिले गगन थापा नै छन्’ गौतमले ‘जेन जी’ का विषयमा प्रष्ट पार्दै भने, ’भर्खरै मत हाल्ने उमेरको युवादेखि हजुरबा-आमाहरुले समेत गगनले देश बदल्न सक्छन् भनेर भरोसा गरेकै कारण यो समयलाई हामीले जेनेरेसन गगन भनेका हौं।’

युवादेखि ज्येष्ठ नागरिकलाई जोड्न सक्ने र भरोसा दिलाउन सक्ने नेता गगन भएकाले उनलाई युवा नेताका रुपमा मात्र सीमित गर्न हुँदैन भनेर गगन पुस्ताको नाम दिँदै ‘जेन जी’ अभियान चलाएको गौतमले जानकारी दिए। 
‘जब सबैले यो मान्छेले देशमा केही गर्छ भन्ने विश्वास गर्छन् भने उही नेताको नेतृत्व रहोस् भन्ने चाहना नै जेनेरेसन गगन अभियानको आवाज हो,’ गौतमले भने।

गगन आफैंले प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिसकेपछि त्यसले राजनीतिमा खासै चासो नराख्ने वर्ग तथा समुदायमाझ पनि नयाँ आशा सञ्चार गरेको देखिन्छ। आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा नेताहरुले चुनाव नै हराइदिएको अनुभव वामपन्थी नेता बामदेव गौतम सुनाइरहन्छन्। त्यो चुनौती थापाले महशुस गरेकै छन्। तर, चुनौतीकै कापबाट आफूलाई उमारेका गगनले फेरि त्यही बाटो रोजेका हुन्। 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  २०:५२
  • #गगन थापा
  • #चुनाव_२०७९
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, वैशाख २६, २०८२
के समस्याले अस्पताल भर्ना भए माधव नेपाल? शुक्रबार, वैशाख २६, २०८२
सीके राउतको फुर्सद भएपछि पार्टी एकता हुन्छः रञ्जिता श्रेष्ठ शुक्रबार, वैशाख २६, २०८२
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्