complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचनपछि बन्ने स्थिर सरकारको पर्खाइमा उद्योगीहरू

64x64
सुमित्रा कार्की शनिबार, मंसिर ३, २०७९  २०:३३
1140x725

काठमाडौं– ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले सबै क्षेत्रको ध्यान आकृष्ट गरेको छ। उद्योगी तथा व्यवसायीहरूमा भने चुनावपछि बन्ने सरकारले आर्थिक सुधारको पक्षमा काम गरिदिओस् भन्ने अपेक्षा अहिल्यैदेखि छ। 

देशले भोगिरहेको आर्थिक समस्यामध्ये तरलताको समस्या र बैंकहरूमा ब्याजदरको उच्च वृद्धि मुख्य हुन्। यी समस्या समाधानका साथै निर्यात प्रबन्धनमा जोड दिने सरकारको यतिबेला आवश्यकता रहेको व्यवसायीहरू बताउँछन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल अब जितेर आउने जनप्रतिनिधिले उद्योगी व्यवसायीलाई हित गर्ने नीति निर्माण गर्नुपर्ने बताउँछन्। ‘अस्थिर सरकारका कारण नीति नियम पनि अस्थिर बनेको छ। उद्योग लगायत सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारेको छ,’ मल्ल भन्छन्, ‘यसकारण अब देशले स्थिर सरकार र नीति निर्माता पाउनुपर्छ।’ 

निर्वाचन जितेर आउने सबै प्रतिनिधिले आर्थिक नीति निर्माणमा ध्यान दिनुपर्ने उनको मत छ। 

‘अहिले हाम्रो नीतिगत व्यवस्था तीन–तीन वा छ–छ महिनामा परिवर्तन हुने खालको भएकाले अर्थतन्त्रमा नकारात्मक असर पारेको छ। अब सरकार परिवर्तन भए पनि सरकारले ल्याउने नीति तथा नियमचाहिँ पविर्तन हँनुभएन,’ मल्ल भन्छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अबको सरकार अर्थतन्त्र सबल बनाउनमा केन्द्रित हुनुपर्ने बताउँछन्। निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्र चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने अजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्ने जोड गोल्छाको छ।

नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलले आर्थिक समृद्धिका अजेण्डा त बोके। तर आर्थिक समृद्धिलाई बोलीमा मात्रै सीमित राखेको आरोप गोल्छाको छ। 

गोल्छाको बुझाइ छ- मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनै पार्टी गम्भीर छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी पूर्वाधार विकासले मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गर्छन्।

‘राजनीतिक परिवर्तन जति हुनुपर्ने थियो, भइसकेको छ। निजी क्षेत्रलाई विश्वासमा लिएर जुन पार्टी अगाडि जान्छ, त्यही पार्टी नेतृत्वमा आउनुपर्छ,’ उनी थप्छन्, ‘नेपालको राजनीति लामो समय नारामा मात्रै सीमित रह्यो। आर्थिक विकासको लागि पूर्वाधारमा लगानी भने गर्न सकेन।’

अबको सरकारले देशको आर्थिक अवस्था बचाउनुपर्ने किरण सुज म्यानुफ्याक्चर्स (गोल्डस्टार सुज) कि कार्यकारी निर्देशक विधुषी राणाको बुझाइ छ। नक्कली र सक्कली उत्पादन पत्ता लगाइ बाहिरबाट आउने नक्कली सामानको आयातलाई रोक्ने खालको नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ। साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नमा उनको जोड छ। 

‘अहिलेको सरकारले स्वदेशी उत्पादनको नारा लगाउने गरेको मात्र देखिन्छ। तर, उत्पादन कसरी बढाउने र व्यवस्थापन गर्ने भन्नेबारे कमैले सोचेको पाइन्छ। अबको सरकार पनि यस्तै प्रवृत्तिको भयो भने देशको आर्थिक अवस्था गम्भीर बाटोमा जाने देखिन्छ। भाषणभन्दा काम गर्ने खालका उम्मेदारले जितेर आउनुपर्छ,’ राणा भन्छिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उद्योग व्यवसायमा देखिएको गम्भीर समस्या सरकारले नजरअन्दाज गरेको उनी बताउँछिन्। ‘हामीले सरकारलाई स्वदेशी उद्योग बचाउन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरियो। धेरै उधोगी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको छ,’ उनी भन्छिन्। 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी अब मुलुकको अर्थतन्त्र हाँक्न र चलायमान बनाउन सक्ने नेतृत्वको सरकार आउनुपर्ने बताउँछन्। 

‘संविधानले व्यवस्था गरे अनुरुपमा निर्वाचन हुनु भनेको नेपालको संविधान, प्रजातान्त्रिक लोकतन्त्रको लागि शुभ संकेत हो। आवधिक निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्ने थियो। सरकारको यो कामचाहिँ सकारात्मक छ,’ उनी भन्छन्। 

मुलुकमा आर्थिक समृद्धि र सुशासन राजनीतिक परिर्वतनबाट आउने भएकाले सक्षम नेतृत्व नै अहिलेको आवश्यकता रहेको उद्योग वाणिज्य महासंघका उधोग समिति अध्यक्ष दिनेश श्रेष्ठ बताउँछन्। ‘निर्वाचनले नयाँ कार्यव्यवस्था ल्याउँछ। भइरहेका नीति तथा नियमलाई कार्यान्वयन र सुधार गरेर देश दुर्घटना हुनबाट बचाउँछ भन्ने हाम्रो आशा छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्।

उनी दलहरूका अहिलेका घोषणापत्रमा वितरणमूखी योजनामात्र पाएको बताउँछन्। ‘वितरणको स्रोत देखाएको छैन। यस्ता प्रतिवद्धता कहाँबाट कसरी खर्च जुटाएर पूरा गर्ने योजना हो?’ उनको प्रश्न छ। 

जनातालाई सरकारले सेवा सुविधा दिने करको माध्यमबाट हो। श्रेष्ठको बुझाइमा करमा मात्र निर्भर नभई स्रोत खोज्नुपर्ने बेला आएको छ। ‘करको दरलाई घटाउनु पर्ने बेला आएको छ। करको दर घटाएर अर्थतन्त्र चलायमान बनाउने सरकार अबको आवश्यकता हो,’ उनी भन्छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्