• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचनपछि बन्ने स्थिर सरकारको पर्खाइमा उद्योगीहरू

64x64
सुमित्रा कार्की शनिबार, मंसिर ३, २०७९  २०:३३
1140x725

काठमाडौं– ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले सबै क्षेत्रको ध्यान आकृष्ट गरेको छ। उद्योगी तथा व्यवसायीहरूमा भने चुनावपछि बन्ने सरकारले आर्थिक सुधारको पक्षमा काम गरिदिओस् भन्ने अपेक्षा अहिल्यैदेखि छ। 

देशले भोगिरहेको आर्थिक समस्यामध्ये तरलताको समस्या र बैंकहरूमा ब्याजदरको उच्च वृद्धि मुख्य हुन्। यी समस्या समाधानका साथै निर्यात प्रबन्धनमा जोड दिने सरकारको यतिबेला आवश्यकता रहेको व्यवसायीहरू बताउँछन्। 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल अब जितेर आउने जनप्रतिनिधिले उद्योगी व्यवसायीलाई हित गर्ने नीति निर्माण गर्नुपर्ने बताउँछन्। ‘अस्थिर सरकारका कारण नीति नियम पनि अस्थिर बनेको छ। उद्योग लगायत सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारेको छ,’ मल्ल भन्छन्, ‘यसकारण अब देशले स्थिर सरकार र नीति निर्माता पाउनुपर्छ।’ 

निर्वाचन जितेर आउने सबै प्रतिनिधिले आर्थिक नीति निर्माणमा ध्यान दिनुपर्ने उनको मत छ। 

‘अहिले हाम्रो नीतिगत व्यवस्था तीन–तीन वा छ–छ महिनामा परिवर्तन हुने खालको भएकाले अर्थतन्त्रमा नकारात्मक असर पारेको छ। अब सरकार परिवर्तन भए पनि सरकारले ल्याउने नीति तथा नियमचाहिँ पविर्तन हँनुभएन,’ मल्ल भन्छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अबको सरकार अर्थतन्त्र सबल बनाउनमा केन्द्रित हुनुपर्ने बताउँछन्। निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्र चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने अजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्ने जोड गोल्छाको छ।

नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलले आर्थिक समृद्धिका अजेण्डा त बोके। तर आर्थिक समृद्धिलाई बोलीमा मात्रै सीमित राखेको आरोप गोल्छाको छ। 

गोल्छाको बुझाइ छ- मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनै पार्टी गम्भीर छैन। 

Ncell 2
Ncell 2

उनी पूर्वाधार विकासले मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गर्छन्।

‘राजनीतिक परिवर्तन जति हुनुपर्ने थियो, भइसकेको छ। निजी क्षेत्रलाई विश्वासमा लिएर जुन पार्टी अगाडि जान्छ, त्यही पार्टी नेतृत्वमा आउनुपर्छ,’ उनी थप्छन्, ‘नेपालको राजनीति लामो समय नारामा मात्रै सीमित रह्यो। आर्थिक विकासको लागि पूर्वाधारमा लगानी भने गर्न सकेन।’

अबको सरकारले देशको आर्थिक अवस्था बचाउनुपर्ने किरण सुज म्यानुफ्याक्चर्स (गोल्डस्टार सुज) कि कार्यकारी निर्देशक विधुषी राणाको बुझाइ छ। नक्कली र सक्कली उत्पादन पत्ता लगाइ बाहिरबाट आउने नक्कली सामानको आयातलाई रोक्ने खालको नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ। साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नमा उनको जोड छ। 

‘अहिलेको सरकारले स्वदेशी उत्पादनको नारा लगाउने गरेको मात्र देखिन्छ। तर, उत्पादन कसरी बढाउने र व्यवस्थापन गर्ने भन्नेबारे कमैले सोचेको पाइन्छ। अबको सरकार पनि यस्तै प्रवृत्तिको भयो भने देशको आर्थिक अवस्था गम्भीर बाटोमा जाने देखिन्छ। भाषणभन्दा काम गर्ने खालका उम्मेदारले जितेर आउनुपर्छ,’ राणा भन्छिन्। 

उद्योग व्यवसायमा देखिएको गम्भीर समस्या सरकारले नजरअन्दाज गरेको उनी बताउँछिन्। ‘हामीले सरकारलाई स्वदेशी उद्योग बचाउन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरियो। धेरै उधोगी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आएको छ,’ उनी भन्छिन्। 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी अब मुलुकको अर्थतन्त्र हाँक्न र चलायमान बनाउन सक्ने नेतृत्वको सरकार आउनुपर्ने बताउँछन्। 

‘संविधानले व्यवस्था गरे अनुरुपमा निर्वाचन हुनु भनेको नेपालको संविधान, प्रजातान्त्रिक लोकतन्त्रको लागि शुभ संकेत हो। आवधिक निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्ने थियो। सरकारको यो कामचाहिँ सकारात्मक छ,’ उनी भन्छन्। 

मुलुकमा आर्थिक समृद्धि र सुशासन राजनीतिक परिर्वतनबाट आउने भएकाले सक्षम नेतृत्व नै अहिलेको आवश्यकता रहेको उद्योग वाणिज्य महासंघका उधोग समिति अध्यक्ष दिनेश श्रेष्ठ बताउँछन्। ‘निर्वाचनले नयाँ कार्यव्यवस्था ल्याउँछ। भइरहेका नीति तथा नियमलाई कार्यान्वयन र सुधार गरेर देश दुर्घटना हुनबाट बचाउँछ भन्ने हाम्रो आशा छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्।

उनी दलहरूका अहिलेका घोषणापत्रमा वितरणमूखी योजनामात्र पाएको बताउँछन्। ‘वितरणको स्रोत देखाएको छैन। यस्ता प्रतिवद्धता कहाँबाट कसरी खर्च जुटाएर पूरा गर्ने योजना हो?’ उनको प्रश्न छ। 

जनातालाई सरकारले सेवा सुविधा दिने करको माध्यमबाट हो। श्रेष्ठको बुझाइमा करमा मात्र निर्भर नभई स्रोत खोज्नुपर्ने बेला आएको छ। ‘करको दरलाई घटाउनु पर्ने बेला आएको छ। करको दर घटाएर अर्थतन्त्र चलायमान बनाउने सरकार अबको आवश्यकता हो,’ उनी भन्छन्।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
आज दुई संसदीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
आजदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसूची आइतबार, माघ ४, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ४, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्