काठमाडौं– काठमाडौ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ।
नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएका समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरूमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको महानगरले जनाएको छ।
‘बुधबार हामीले कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा हाम्रा जनशक्ति परिचालन गरेका छौँ,’ पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।