काठमाडौं– बुधबार दशरथ रंगशालामा नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबल खेलेपछि फिफाको प्रतिबन्धमा परेको पाकिस्तानको तीन वर्षपछि यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
नेपालको भने यो ५०औं अन्तर्राष्ट्रिय खेल हो। नेपाली टोलीको कप्तानी रोहित चन्दले गरेका छन्। पाकिस्तानमाथि जित निकाल्न शतप्रतिशत प्रयास गर्ने उनले बताए।
पाकिस्तानी कप्तान हसन बसिरले पाकिस्तान एउटा दुःखद अवस्थाबाट गुज्रिएको भन्दै नेपालविरुद्ध पाकिस्तान टिम आफ्नो लय समाउने प्रयासमा हुने बताए।
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेल भएको छ। पछिल्लोपटक नेपालले पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो। साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो।
पाकिस्तान बुधबार हुने खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ। नेपाल पनि पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५० औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने प्रयासमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।