• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिनिधि सभामा महिला

समानुपातिकबाट संसद्‌को अनुभव बटुलेकी रेखा: जनताबाट ‘परीक्षण’ हुन प्रत्यक्ष उम्मेदवार

64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर १, २०७९  १५:१९
1140x725

काठमाडौं–  रेखा शर्मा चुनावी अभियानमा दाङ-२ मा घरदैलोमा छिन्। गठबन्धनकी साझा उम्मेदवार रेखा जनअपेक्षा अनुसार काम गर्ने वाचा जनतामाझ कस्छिन्। तर जनतामा निकै निराशा छ। भन्छिन्, ‘जनताको अपेक्षाभन्दा गुनासा पो धेरै रैछन्।’ 

अधिकांशको एउटै गुनासो सुन्छिन्, ‘चुनावको बेलामा भोट माग्न आउने, प्रलोभनमा पार्ने, जितेर गए नफर्किने।’ यस्तो प्रवृत्तिको अन्त्य होस् भन्ने जनअपेक्षा रहेको उनी बताउँछिन्।

‘हिजो व्यवस्था बदलियो आज अवस्था बदल्ने आन्दोलनको नेतृत्व गर्न चाहन्छु,' रेखाको अठोट छ।

उनी क्रान्ति, आन्दोलन र विकासको नेता मात्र हैन अब समृद्धिको नेता बन्ने बताउँछिन्। ‘म जहाँ जहाँ मतदाताकोमा गएँ। जनताले निष्ठाको राजनीति गर्ने मान्छे खोजेका छन्। मेरो संकल्प त्यही छ,’ उनी भन्छिन्। 

२०४२ सालदेखि अनेरास्ववियुको स्कुल इकाइ कमिटीबाट रेखाले राजनीतिक यात्रा तय गरिन्। विसं २०५१ मा योङ्ग कम्युनिस्ट लिगको केन्द्रीय सदस्य, माओवादीको केन्द्रीय सदस्य हुँदै अनेमसंघ क्रान्तिकारीको अध्यक्षसमेत भइसकेकी छन् रेखा।

यस क्षेत्रमा गठबन्धनका मुख्य दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा छन्। उनका प्रतिस्पर्धी भने नेकपा एमालेका महासचिव शंकर पोखरेल हुन्। यो त्यही क्षेत्र हो, जहाँबाट २०७४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्ण बहादुर महरा निर्वाचित भएका थिए। 

यस क्षेत्रमा स्थानीय तहको मतअनुसार भने माओवादी पछि छ। ‘भर्खरै भएको स्थानीय तहको निर्वाचनको मत गनेर अहिले विश्लेषण गर्न मिल्दैन। बरु २०७४ को मतलाई आधार मान्न सकिन्छ,' उनी भन्छिन्। उनी गठबन्धनको सबै मत आफूतिर तानिने भएकाले जित सुनिश्चित रहेकाे दाबी गर्छिन्। एमालेको भन्दा गठबन्धनको मत करिब ५ हजारले अगाडि रहेकोले जित निकाल्न सकिने अनुमान रेखाको छ। 

रेखा पहिलो संसदीय यात्राका लागि प्रतिस्पर्धा भने गरिरहेकी होइनन्। यसअघि २०७० मा भएको संविधान सभाको निर्वाचनमा उनी समानुपातिकबाट निर्वाचित भएकी थिइन्। दोस्रोपटक २०७४ मा पनि समानुपातिकबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसपटक माओवादी नेता कृष्ण बहादुर महराले चुनाव नलड्ने भएपछि टिकट रेखाको हातमा पर्‍यो।

उनी चुनाव अंकगणित मात्र नभएको बताउँछिन्। ‘यो अजेण्डाको प्रतिस्पर्धा पनि हो’, उनी भन्छिन्। 

माओवादीको मूल अजेण्डा संविधान र  लोकतन्त्रको रक्षा, निरंकुशताको विरुद्ध, समावेशीताको रक्षा रहने उनकाे बुझाइ छ। ‘जे बोल्छु त्यसलाई पूरा गर्ने प्रयत्न गर्नेछु’, उनी भन्छिन्। 

प्रतिनिधिसभा स्थानीय तह जस्तो नभएको रेखा बताउँछिन्। 'स्थानीय सरकारले विकासमा केही फरक ल्याउँछ। तर, संघ भनेको नियम कानुन बदल्ने ठाउँ हो। संसदले कानुन बदल्ने हैसियत राख्छ। यसमा संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि यहाँका जनता विमुख नहुनेमा म विश्वस्त छु,' उनी भन्छिन्।

Xtrem

Xtrem

उनी आफ्ना जित्ने आधार पनि प्रस्तुत गर्छिन्, ‘व्यक्तिगत रुपमा मैले राम्रो काम गर्न सकिन हुँला तर गलत गरेको छवि छैन । मेरा जित्ने आधार यिनै हुन्।’

०७२ मा माओवादीको प्रमुख सचेतक, ०७० मा माओवादी केन्द्रको संविधानसभा संसदीय दलको सचेतक र ०७२ मा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी संहालेको अनुभव रेखासँग छ। उनी सांसद हुँदा राज्य व्यवस्था समितिमा पनि निर्णायक भूमिका खेलेकी छन्। 

उनी महिलाका मुद्दामा आफू संवेदनशील भएको दाबी गर्छिन्। ‘म लामो समय महिला आन्दोलनमा क्रियाशील भएर वा महिला उत्पीडन भोगेर आएर पनि हुनसक्छ। महिलाका मुद्दामा मेरो भावनात्मक सम्बन्ध छ,’ उनी भन्छिन्।

उत्पीडीत समुदायको पक्षमा कानुन निर्माण गर्ने कुरामा संसदमा आफ्नो अडान रहने उनी बताउँछिन्।

उनका प्रतिद्वन्द्वी शंकर पोखरेललाई 'हेभिवेट' भनेर गरिएको सम्बोधनमा रेखाको आपत्ति छ।

‘चुनाव अजेण्डामा लड्ने हो 'वेट' मा होइन। उहाँ अग्र हुनुहोला तर वर्तमान आन्दोलनको प्राप्ति, संविधान निर्माणमा खेलेको भूमिका, कानुन निर्माणमा संसदमा निभाएको मेराे भूमिका पनि कुनै हेभिवेट भन्दा कम छ र ?’ उनको प्रश्न छ, ‘यो व्यवस्था भुइँ मान्छेलाई माथि ल्याउने व्यवस्था हो। त्यसैका लागि समानुपातिक व्यवस्था ल्याएका हौँ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:१९
  • #चुनाव_२०७९
  • #रेखा_शर्मा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्