काठमाडौं– फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै लक्ष्मी बैंकले बचतको नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले ‘सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)’ भन्ने योजना सञ्चालनमा ल्याएको हो।
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ।
यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरु) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिने बैंकले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
बैंकका अनुसार, बचत खाताका अफरहरूका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।